सर्लाही, श्रावण ५ गते । सर्लाहीका जिल्ला सभापती सुरेन्द्र प्रसाद सिंहले नेपाली कांग्रेसकाे केन्द्रीय पुस्तकालय निर्माणमा सहयोग गरेवापत नेपाली कांग्रेस सर्लाही जिल्लाका सभापति सुरेन्द्र प्रसाद सिंहलाई पार्टीले सम्मान गरेको छ ।
सोमबार पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस पार्टीका सभापती शेरबहादुर देउवाले सम्मान गरेकाे हो ।
सर्लाही जिल्लाबाट पार्टीको सक्रिय नेतृत्व गरिरहेका सिंहलाई  स्थानीय स्तरमा चर्चित र जनताका भरोषायोग्य नेता र सर्लाही स्थानीय तहमा १२ ओटा पालिका जिताउन सफल भएकोमा देउवाले सिंहलाई धन्यवाद दिएका थिए ।सिंहले नेपाली कांग्रेस पार्टीकाे संगठन बनाउन दिन रात जनताको माझमा काम गर्दै आएको छ ।
नेपाली काँग्रेस पार्टीले ‘केन्द्रीय कार्यालयमा पुस्तकालय स्थापना गरेर हाम्रा नेताहरूकाे पठन संस्कृतिलाई जोड दिएकाे नेपाली कांग्रेस मधेश प्रदेशका प्रचार प्रसार विभाग सचिव निकेश त्रिपाठीले बताए  ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]