
विराटनगर, श्रावण ५ गते । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी निरीक्षक विजय चौहान र इलाका प्रहरी कार्यालय रानी (सिमा) मोरङमा कार्यरत प्रहरी नायव निरीक्षक सुवास अधिकारीलाई असार “महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ ।
विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी निरीक्षक विजय चौहानले भद्रपुर नगरपालिका-५ स्थितमा चेकजाँचको क्रममा ४७ ग्राम ६९० मिलिग्राम ब्राउन सुगर सहित कार र एक जना व्यक्तिलाई नियन्त्रणमा लिएकोमा भद्रपुर नगरपालिका-७ मा ६ राउण्ड गोली फायर गरी २०५ ग्राम ८० मिलिग्राम ब्राउन सुगर सहित २ जना व्यक्तिलाई नियन्त्रणमा लिएको थियो ।
त्यसै गरी झापा गाउँपालिका-४ स्थितमा चेकजाँचको क्रममा साईकलको चक्का भित्र १६७ ग्राम ब्राउन सुगर सहित एक जनालाई नियन्त्रणमा लिन सफल भएको थियो ।
प्रहरी नायव निरीक्षक सुवास अधिकारीले मोरङको कटहरी गाँउपालिका-३ स्थितका एक व्यक्तिलाई ज्यान मारी फरार रहेको प्रतिवादीलाई सोहि दिन पक्राउ गरेको साथै कर्तब्य ज्यान मुद्दामा जन्म कैद सजाय भएका तथा अन्य विभिन्न मुद्धामा फरार रहेका २१ जना प्रतिवादीहरुलाई पक्राउ गर्नुका साथै लागू औषध दुर्व्यसन नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह गरेको हुँदा उनीहरूले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०८२ असार “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरी पुरस्कृत गरिएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]