विराटनगर, श्रावण १४ गते । दलित महिलाहरु अहिले पनि जातीय , वर्गिय, लैंगिक र सामाजिक विभेदको सिकार भइ रहेको एक कार्यक्रमका अगुवाहरुले बताएको छ।
दलित महिला संघ (फेडो) को ३१ औ वार्षिकोत्सबको अवसरमा आयोजित जात ब्यवस्था, दलित समुदाय र मिडियाकर्मीहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमका अगुवाहरूले दलित पुरुषले जातीय विभेद मात्र भोग्नु परेको छ भने दलित महिलाहरुले जातीय , वर्गिय, लैंगिक र सामाजिक विभेदको सामना गरि रहेका छन ।
उहाँहरुले राज्यले कागजी र कानुनी रुपमा विभेद अन्त्य भएको घोषणा गरे पनि ब्यवहारमा अहिले पनि छुवाछूत र विभेद कायम नै रहेको गुनासो गरेका छन ।
सबै भन्दा बढी छुवाछूत मन्दिरबाट हुने गरेकोले सरकारले मन्दिरमा दिने बजेट दलित समुदाय र छुवाछूत अन्त्यको कार्यक्रममा लगाइयो भने विभेद अन्त्य हुने कार्यक्रम संयाेजकनरबहादुर आहुजिले बताए ।
राज्यले जातीय छुवाछूत अन्त्यको लागि कानुन बनाए पनि कानुनको सहि तरिकाले कार्यान्वयन गराउन नसकदा छुवाछूत अन्त्य कागजमा मात्र भएको र ब्यबहारमा लागुहुन सकेकाे छैन। दलित महिला संघले यहि विभेद र छुवाछूतको अन्त्यको लागि अवाज अठाईरहेको दलित महिला संघकी अध्यक्ष सर्मिला परियारले बताईन ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]