विराटनगर, श्रावण २७ गते । काेशी प्रदेशका सामाजिक विकास मन्त्री माननीय पाँचकर्ण राईलाई अखिल नेपाल पिछडावर्ग (आेविसी) महासंघका महासचिव जय प्रकाश महताेले काेशी प्रदेशमा स्थानीय तहमा कामकाजकाे भाषा मगही, थारू, अंगिका, राजवंशी हुनु पर्ने माग गर्दै ज्ञापनपत्र बुझाएका छन ।
पिछडावर्ग महासंघले नेपाल सरकारसंग संविधान निर्माणको क्रममा संवाद र छलफल गरेको र सोही बमोजिम नेपालको संविधानमा पिछडावर्ग उल्लेख गरिएको हो। साेही अनुसार मगही भाषालाई मातृभाषाको रुपमा स्थान दिन महताेले आग्रह गरेका छन।
ज्ञापनपत्र बुझ्दै मन्त्री राईले मगही लगायतका स्थानीय भाषा लाई पनि संविधानले परिकल्पना गरे अनुसार स्थानीय तहमा लागु गर्दै जाने प्रतिवद्वता जनाए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]