विराटनगर, श्रावण २८ गते । एक नाबालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको अभियोगमा १ जनालाई करागार चलान गरको छ ।
करागार चलान हुनेमा जिल्ला संखुवासभा चैनपुर न.पा.वडा नं. ३ का बर्ष ३१ को राम बहादुर दाहाल रहेको छन् । घटनाको विवरण अनुसार श्रावण २ गते वर्ष १४ कि नाबालिका परिवर्तित नाम चैनपुर (क) ०८२–०८३ लाई लाई दहालले ललाई फकाई विभिन्न प्रलोभन तथा अनुचित लाभमा पारि जबरजस्ती करणी गरेको भनि पीडित पक्षले इलाका प्रहरी कार्यालय चैनपुर संखुवासभामा दिएको जाहेरीको आधारमा श्रावण ३ गते पक्राउ गरिएको थियो ।
अनुसन्धान पश्चात सम्मानित संखुवासभा जिल्ला अदालत चैनपुरमा पेस गरिएकोमा सम्मानित अदालतको श्रावण २७ गतेको आदेशले पुर्पक्षको लागि कारागार कार्यालय खाँदबारी संखुवासभा चलान गरिएको प्रहरीले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]