विराटनगर, भदौ २ गते । सुनसरी र मोरङको छुट्टा छुट्टा स्थानहरुबाट प्रतिबन्धित लागू औषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भदौ १ गते बिशेष सुचनाको आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका-२० स्थित जंगलबाट ७२ किलोग्राम लागू औषध गाँजा सहित धरान-२० का ३० वर्षीय रुपेश राई, २८ वर्षीय मिलन राई, २५ वर्षीय रंजित राई, धनकुटाको सहिदभुमी गाउँपालिका-३ का ३४ वर्षीय प्रदिप राई र धरान १३ का ३१ वर्षीय सन्तोष राईलाई नियन्त्रणमा लिएको थियो ।
त्यसैगरी इलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा उर्लाबारी नगरपालिका-९ स्थितमा बा.३ च ७९८१ नम्बरको कारबाट ग्यालेन लुकाई छिपाई राखेको ५ लिटर कोरेक्स र नाईट्रोभेट १ सय ५० ट्याब्लेट सहित दमक नगरपालिका-४ का ४३ वर्षीय केदार ओझा, उर्लावारी नगरपालिका-४ की २२ वर्षीया एन्जिला दाहाल र उर्लावारी-७ का ३२ वर्षीय सुजन सेन्दाङ लिम्बुलाई बा ७८ प ४०९८ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको थियो ।
साथै इलाका प्रहरी कार्यालय देवानगंज सुनसरीले देवानगंज गाउँपालिका-६ बुढी खोला स्थितबाट बेबारीसे अवस्थामा रहेको ५९ किलोग्राम लागू औषध गाँजा बरामद गरेको थियो ।
पक्राउ परेका सबै उपर सम्बन्धित प्रहरी कार्यालयले थप अनुसन्धान गरि रहेकाे छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]