विराटनगर, भाद्र ३ गते । दादी प्रकाशमणिजीको १८औं पुण्यतिथि तथा विश्व बन्धुत्व दिवसकाे अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, विराटनगरले वृहत् रक्तदान कार्यक्रम आयाेजना गर्ने भएकाे छ ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, विराटनगरमा पत्रकार सम्मेलन गरी दिवसमा ब्रह्माकुमारीद्वारा नेपाल-भारत भर एक लाख युनिट रक्त संकलनको लक्ष्य सहित वृहत रक्तदान कार्यक्रम आयाेजना गर्ने ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका मिडिया संयाेजक विनाेद अग्रवालले वताउनु भयाे ।
वहाँका अनुसार ६ देखि ९ गतेसम्म (अगस्ट २२-२५) सञ्चालन हुने यस अभियानमा नेपाल र भारतमा रहेका हजारौं ब्रह्माकुमारीका सदस्यहरू, विभिन्न सामाजिक संस्था तथा संघ-संगठनहरूको सक्रिय सहकार्य रहनेछ ।
चार दिनमा १ लाख युनिट रगत संकलन गर्ने लक्ष्य सहितको यो अभियान हालसम्मको सबैभन्दा ठूलो रक्तदान एवं सकलन सम्बन्धी मानवीय प्रयासका रूपमा रहने छ ।
काेशी प्रदेशकाे माेरंगमा ११, सुनसरी ५, झापा ८, संखुवासभा १, भाेजपुर १, तेर्हथुम २ धनकुटा १, ईलाम १ गरी ३० ठाउँमा रक्तदान हुनेछ । रक्तदानबाट ३ हजार ६ सय २५ पिण्ड रगत संकलन हुने अनुमान गरिएकाे छ ।
नेपालमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विगत ५९ वर्ष देखि मुलुकमा शान्ति, सद्भाव, राष्ट्रिय एकता र धार्मिक सहिष्णुतालाई कायम गर्न तथा आध्यात्मिक, नैतिक, चारित्रिक र मानवीय मूल्यहरूको पुनस्थापन गर्नमा महत्वपूर्ण सामाजिक-आध्यात्मिक कार्यहरू गर्दै आएको र खासगरी नेपालमा एक लाख भन्दा बढि संख्याका जनसमुदायलाई धुम्रपान, मद्यपान, लागुपदार्थ जस्ता कुलतबाट दुर्व्यसन मुक्तिको कार्यमा सहयोग दिई सकेको विज्ञप्तिमा उल्लेख छ ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको मूल्य र मान्यता अनुसार, यस अभियानको मूल उद्देश्य गम्भीर अवस्था वा मृत्युमुखमा पुगेका बिरामीलाई जीवनदान प्रदान गर्नुका साथै समाजमा दया, सहयोग र विश्व बन्धुत्वको सन्देश फैलाउनु रहेको छ ।
आयोजकले संस्था समाजका सम्पूर्ण इच्छुक रक्तदाताहरूलाई सहभागी भई ” रगत दान, जीवन दान ” भन्ने अभियानलाई सफल पार्न आह्वान समेत गरेकाे छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]