विराटनगर, भाद्र ३१ गते । राजवंशी समुदायको राजवंशी कोच भाषामा “भुल्कीबाली चेङ्ग्री” म्यूजिक भिडियो सार्वजनिक हुने भएकाे छ ।
नेपालीहरूकाे महान चाड दशैकाे शुभ अवसर पारेर सार्वजनिक गर्ने तयारीमा रहेकाे एल्वमका निर्माता एवम् कलाकार दिनेश राजवंशीले बताए ।
उक्त म्यूजिक भिडियोकाे सुटिङ्ग भई मिक्सीङ्गको काम अन्तिम चरणमा पुगेकाे छ । । म्यूजिक भिडियोमा मुख्य कलाकार दिनेश राजवंश र सुस्मीता पाण्डे लगनयत अन्य कलाकारको समेत सहभागीता रहेका छन ।
खास गरी राजवंशी समुदायको बसाेबास झापा, मोरङ्ग र सुनसरी जिल्लामा रहेकाे छ । राजवंशी समुदायको राजवंशी कोच भाषाका गीतहरु पहिले पनि थुप्रै सार्वजनिक भईसकेकाे छ ।
कोच भाषाका गीत र म्यूजिक भिडियोहरु राजवंशी समुदायका मानिसहरूले अत्याधिक सुन्न रहेर्न रूचाउँछन ।राजवंशी भाषाकाे म्यूजिक भिडियो “भुल्कीबाली चेङ्ग्री” नामक एल्वमलाई समेत राजवंशी समुदायले माया गर्नुहुनेछ भनी एल्वमका निर्माता एवम् कलाकार दिनेश राजवंशीले विश्वास लिएकाे छ ।
“भुल्कीबाली चेङ्ग्री” नामक म्यूजिक गाना रेकर्डिङ्ग विराटनगरको विट स्टुडियोमा भएको छ भने गीतमा स्वर चर्चित गायक राम राजवंशी र गायिका रिता राजवंशीको रहेकाेछ ।
उक्त म्यूजिक भिडियो आर आर म्यूजिक प्रोडक्शन यूट्यूव चेनलमा लन्च हुनेछ । भुल्की बाली चेङ्ग्री गीतको रचना स्वर्गीय रामभक्त राजवंशी र गोपाल राजवंशीले गरेका थिए । गीतमा राजवंशी समुदायको संस्कृति तथा परम्परागत संस्कारलाई प्रस्तुत गरिएको छ ।
“भुल्कीबाली चेङ्ग्री” म्यूजिक भिडियो निर्देशक कार्तिक राजवंशी, कम्पोजर बलबहादुर राजवंशी रहेका छन । साथै लक्ष्मी लिम्बु अमेरीका, रोहित राजवंशी कोरियाबाट सहयाेग गरेकाछन ।
त्यसैगरी श्यामबर राजवंशी, सत्यनारायण राजवंशी, जल्धर राजवंशी, दालवर राजवंशी, प्रभाकर राजवंशी, विप्लव राजवंशी, रन्जीत राजवंशी, विन्देश्वर राजवंशी, सुभक राजवंशी लगायतकाे सहयोगमा एल्वम निर्माण भईरहेकाे छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]