विराटनगर, असाेज ७ गते । भारतबाट नेपाल तर्फ आउँदै गरेकाे माेटरसाईकल चेक जाँच गर्दा १५ लाख ५० हजार अबैध रकम सहित माेटरचालक चालकलाई प्रहरीले पक्राउ गरेकाे छ ।
जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १७ स्थितमा अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको को. ३८ प.५८५१ नम्बरको मो.सा. शंका लागि रोकी चेकजाँच गर्दा साे रकम सहित चालक जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.१८ बस्ने वर्ष ४१ को बिरेन्द्रले साहलाई पक्राउ गरेकाे हाे ।
लुकाई छिपाई ल्याएको स्रोत नखुलेको अबैध नेपाली रकम फेला पारी बरामद गरि मोटरसाईकल सहित साहलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानिमा राखी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कोपिला चुडालले जानकारी गराए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]