विराटनगर, श्रावण ११ गते । एक बालिकालाई जवरजस्ती करणी गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेहरूमा जिल्ला मोरङ रंगेली नगरपालिकान-३ आमतोला बस्ने वर्ष अं. १८ को मोहम्मद अरमान, मोरङ सुनवर्षी नगरपालिका-९ बस्ने बर्ष २१ सुमन कुमार साह, मोरङ रंगेली नगरपालिका-७ जीं टोल बस्ने वर्ष २० को करण मण्डल, वर्ष १८ को प्रियान्सु साह वडा नं.६ वर्ष १८ को रितिक यादव रहेका छन ।
घटनाकाे विवरण अनुसार श्रावण ३ गते जिल्ला मोरङ सुनबर्षी नगरपालिका की एक बालिकालाई सिटी चालक जिल्ला मोरङ रंगेली नगरपालिका-३ बस्ने वर्ष १८ को मोहम्मद अरमानले ललाई फकाई रंगेलीश-७स्थितमा रहेको युमी क्याफेमा लगी विभिन्न प्रलोभनमा पारी जबरजस्ती करणी गरेको त्यसपछि सोही क्याफेका संचालक जिल्ला मोरङ सुनबर्षी-९ बस्ने अं. बर्ष २१ सुमन कुमार साहले समेत जबरजस्ती करणी गरेको थियाे ।
साथै साेही दिन रातको समयमा पीडितलाई पुन ु रंगेली-७ बस्ने वर्ष २० को करण मण्डलले जिल्ला मोरङ रंगेली-७ स्थितमा संसारी मन्दिर छेउमा रहेको द ९० एस क्याफेमा लगी साेही ठाउँ बस्ने वर्ष १८ को प्रियान्सु साह र वर्ष १८ को रितिक यादव समेतले सामूहिक जबरजस्ती करणी गरेको उजुरी दर्ता भएकाे थियो ।
साेही आधारमा जिल्ला प्रहरी कार्यालय, मोरङ र इलाका प्रहरी कार्यालय, रंगेलीबाट संयुक्त रुपमा प्रहरी टोली खटिई गई घटनामा संलग्न ५ जना व्याक्तिहरुलाई तक्काल नियन्त्रणमा लिई रंगेली थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएकाे छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]