रामनारायण ठाकुर
सिरहा, मिर्चैया, श्रावण १० गते । सिरहाको कर्जन्हा नगरपालिका-१ बन्दीपुरस्थित उत्तरवाहिनी कमला नदीबाट पवित्र जल लिएर काठमाडौं स्थित पशुपतिनाथ मन्दिरमा जला भिषेक गर्न ९ युवाहरूले पैदल यात्रा सुरू गरेका छन ।
सिराहाका अरुण यादव, सन्तोष कुमार यादव, रामजस यादव लगायतका नौ जना श्रद्धालु युवाहरू आजदेखि नाङ्गै खुट्टा पैदल यात्रामा निस्किएकाे हाे ।
धार्मिक आस्था, श्रद्धा र भगवान् शिव प्रतिको अटल भक्तिभावका साथ उनीहरूले उत्तरवाहिनी कमला नदीबाट पवित्र जल संकलन गरी काँधमा काँवर बोकेर पशुपतिनाथ धाममा जल अर्पण गर्ने उद्देश्यले यात्रा सुरु गरेका हुन्।
श्रद्धालुहरूका अनुसार यो यात्रा आस्था, विश्वास, अनुशासन र समर्पणको प्रतीक हो। यात्राभर उनीहरू भगवान् शिवको भजन-कीर्तन गर्दै “बोल बम, बोल बम” तथा “चल रे कमरिया, काठमाडौंको पशुपतिनाथ धाम” जस्ता धार्मिक नाराहरू गुञ्जाउँदै अघि बढिरहेका छन् ।
यात्राका क्रममा विभिन्न स्थानमा विश्राम गर्दै उनीहरू काठमाडौँ पुगेर पशुपतिनाथ मन्दिरमा कमला नदीको पवित्र जल चढाई विशेष पूजा-आराधना गर्ने छन ।
स्थानीयवासीहरूले श्रद्धालुहरूको सफल, सुरक्षित र मंगलमय यात्राको कामना गर्दै उनीहरूलाई बिदाइ गरेका छन् ।
यस प्रकारको धार्मिक यात्राले धार्मिक पर्यटन, सांस्कृतिक परम्परा र सामाजिक सद्भावलाई थप सुदृढ बनाउने विश्वास यूवाहरूले लिएका छन् ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]