

विराटनगर, श्रावण ३ गते । महगी भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले तयार गरिएको मगही भाषा कला साहित्य र संस्कृति पुस्तककाे विराटनगरमा एक समारोहबीच विमाेचन गरिएको छ।
भाषा संस्कृति प्रतिष्ठानद्वारा आयोजित पुस्तक विमाेचन तथा सम्मान कार्यक्रम २०८३ मा भाषा संस्कृति उत्थानकर्ता तथा समाजसेवी जय प्रकाश महताे, श्याम सुन्दर सुतिहार, रजनीकान्त कामत लगायत दर्जनाै मगही अभियानकर्मीकाे साथ, सहयाेग र अनुसन्धानद्वारा लिखित उक्त पुस्तकको कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका समाजिक विकास मन्त्री माननीय रामप्रसाद मेहता, काेशी प्रदेश सभा सदस्य माननीय जय प्रकाश चाैधरी, गितारानी महताे लगायतले सामुहिक रूपमा पुस्तककाे विमोचन गर्नुभएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री मेहताले मातृभाषा, कला र संस्कृतिको संरक्षण राष्ट्रको साझा दायित्व भएको उल्लेख गर्दै मगही कला, साहित्य र संस्कृति पुस्तकले महगी भाषी समुदायको इतिहास, परम्परा, कला, साहित्य, संस्कार र सांस्कृतिक पहिचानलाई दस्तावेजीकरण गरेको बताउनुभयो। उहाँले यस्ता कृतिले नयाँ पुस्तामा आफ्नो भाषा र संस्कृतिप्रति गर्वको भावना जगाउने विश्वास व्यक्त गर्नुभयो।

पुस्तकका लेखक तथा प्रतिष्ठानका अध्यक्ष जय प्रकाश महताेले भाषा हराउँदै जाँदा समुदायको मौलिक पहिचान पनि संकटमा पर्ने भएकाले त्यसको संरक्षणका लागि पुस्तक प्रकाशन गरिएको बताउनुभयो। उहाँले महगी भाषा बोल्ने समुदायको भाषा, कला, साहित्य र सांस्कृतिक सम्पदालाई एकै ठाउँमा समेट्ने प्रयास गरिएको जानकारी दिनुभयो।
कार्यक्रममा कोशी प्रदेश सभा सदस्य माननीय जय प्रकाश चाैधरी र गीतारानी महताे विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

त्यसैगरी प्रध्यापक एवम् समाजसेवी महेन्द्र नारायण यादव, शिक्षाविद् प्राडा बाबुराम तिम्सिना, प्रवन्धक सुर्यनाथ प्रसाद सिह, प्राडा तथा बरिस्ठ अधिवक्ता रामलाल सुतिहारलाई दोसल्ला र कदरपत्रसहित सम्मान गरिएको थियो। सम्मानपत्र प्रमुख अतिथि मन्त्री मेहता तथा विशिष्ट अतिथिहरूले संयुक्त रूपमा प्रदान गर्नुभएको थियो । सम्मानित व्यक्ति त्वहरूले नेपाली भाषा लगायत मातृभाषा र संस्कृतिको संरक्षणमा सबै पक्षको साझा प्रयास आवश्यक रहेको धारणा राख्नुभयो ।
साेही अवसरमा हिन्दु स्वयंसेवक संघका प्रचारक मुकेश जी, सुडी समाज, बढई समाज लगायतका प्रतिनिधिले शुभकामना मन्तव्य राखेका थिए ।

पुस्तकमाथि प्रतिष्ठानका सचिव तथा पत्रकार श्याम सुन्दर सुतिहारले पुस्तककाे परिचयात्मक टिप्पणी गर्दै यसमा महगी भाषा, साहित्य, कला, संस्कृति, सामाजिक जीवन, परम्परा र समुदायको ऐतिहासिक पक्षलाई समेटिएको बताउनुभयो। उहाँले पुस्तक अनुसन्धानकर्ता, विद्यार्थी तथा भाषा–संस्कृतिमा रुचि राख्ने पाठकका लागि महत्त्वपूर्ण सन्दर्भ सामग्री बन्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमको सञ्चालन प्रधानाध्यापक रजनीकान्त ले गर्नुभएको थियो। समारोहमा विभिन्न क्षेत्रका साहित्यकार, शिक्षाविद्, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मी तथा भाषा–संस्कृतिप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
भाषा संस्कृति प्रतिष्ठानले विगत नौ वर्षदेखि महगी भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण, अनुसन्धान, प्रकाशन तथा प्रवर्द्धनका क्षेत्रमा निरन्तर काम गर्दै आएको जनाएको छ। प्रतिष्ठानका अनुसार पछिल्लो पुस्तक प्रकाशनले महगी भाषाको मौलिक पहिचान जोगाउन र भावी पुस्तासम्म यसको ज्ञान हस्तान्तरण गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]