विराटनगर असोज ८ गते । झापाको बिर्तामोड नगरपालिका-७ का ३६ बर्षीय फुर्बा तामाङको हत्यामा संलग्न २ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिर्तामोड -७ का २८ बर्षीय प्रेम कुमार राई र ३३ बर्षीय राम कुमार राई रहेका छन । असोज ७ गते बिहानको राती के कुन समयमा आफ्नै घरमा रहेका तामाङलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको भन्ने खवर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट घटनास्थलमा खटिएको प्रहरी टोलीले हत्यामा संलग्न दुई जनालाई घटनामा प्रयोग भएको खुकुरी सहित पक्राउ गरेको थियो ।
मृतक लासको कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ भने हत्यामा संलग्न दुबैजनाको कर्तब्य ज्यान कसुरमा म्याद थप गरी अनुसन्धान भई रहेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]