विराटनगर, असोज २६ गते । सुनसरी जिल्लाको बिभिन्न स्थानबाट भन्सार छली गरी नेपाल भित्राउदै गरेको अवैध सामग्रीहरु प्रहरीले बरामद गरेको छ ।
चाडपर्व विशेष सुरक्षा योजना अनुसार परिचालन भएको प्रहरी टोलीले चेकजाँको क्रममा शनिवार सुनसरीको गढी गाउँपालिका–२ स्थितबाट को.१ ह ८१७० नम्वरको ओटो टेम्पोमा भन्सार छली गरी ल्याउदै गरेको करिव ५ लाख मुल्य बरावरको ५ सय पिस कुर्ता सुरुवाल र देवानगंज गाउँपालिका–४ स्थिबाट करिव ४ लाख ५० हजार मुल्य बरावरको ९ सय पिस कुर्ता सुरुवाल बरामद गरेको छ ।
चेक जाँचकै क्रममा कोशी गाउँपालिका–७ स्थितबाट करिव ६३ हजार २ सय ८० रुपैया मुल्य बरावरको खाद्यान्नका सामग्री बरामद गरेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]