
सर्लाही कार्तिक ९ गते । सर्लाहीको धनकौल गाउँपालिकामा छठ पर्व मनाउने विपन्न गरिब, दलित तथा एकल परिवारका व्रतालु महालाहरूलाई साडी वितरण गरिएका छन् ।
धनकौलका पालिकाको विभिन्न टोलका विपन्न परिवाका दलित तथा एकल महिलालाई लक्षित गरी व्रतालु महिलाहरुलाई नेपाली कांग्रेसका युवा नेता दीपेन्द्र साहले साडी वितरण गरेकाे हाे ।

साहले आफ्नो व्यक्तिगत खर्चमा वितरण गरेको जनाउँदै, “छठ जस्तो महान् पर्वमा सानो सहयोगले पनि खुशी बाँडिन्छ,” भन्दै आगामी दिनमा अझ थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। वहाँले करिब ३ सय साडी वितरण गरेका छन् ।
हिन्दु धर्मावलम्बीहरुले मनाउने आस्था एवम् निष्ठाको पर्व तथा सबभन्दा ठुलो पर्वको रुपमा मानिने छठ पर्वमा व्रतालुहरुलाई नयाँ साडी वितरण गरिएको हो ।
उनले दुई छाक खान समेत समस्या हुने परिवारलाई छठ पर्वमा चाहिने नयाँ साडी वितरण गरेपछि व्रतालुहरू खुशी भएका थिए । छठ पर्वका अवसरमा गरिएका यस्ता सहयोगात्मक कार्यले स्थानीय समुदायमा सामाजिक एकता र सहभावना सुदृढ हुने स्थानीयले विश्वास लिएकाेछ
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]