
विराटनगर, कार्तिक १६ गते । अनलाइन ठगी गरेकाे आराेपमा आमा-छाेरीलाई प्रहरीले पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा सिराहा जिल्लाको लाहान स्थाई घर भई हाल मोरङ जिल्ला विराटनगर महानगरपालिका वडा नं. ५ मा डेरा गरी बस्ने बर्ष ५० की पुनम देवी साह तथा निजको छोरी बर्ष २७ की कोमल कुमारी साह रहेकी छिन ।
पुनम देवी साहले जिल्ला अदालत, मोरङको नक्कली पेज बनाई बिभिन्न पदमा भर्ना खुलेको छ भनी दर्ता शुल्क बापतको रकम भन्दै ई- सेवा मार्फत रकम ठगी गर्दै आएका थिइन ।
त्यसैगरी किनमेल गर्ने बहानामा किनमेल गरे पश्चात आधा रकम दिने र बॉकिको पुनम देवी साहको नामको सटही नहुने चेक दिने गरेका थिए । उनीहरू काेशी प्रदेश र मधेश प्रदेशमा रहेका अदालतहरूमा कार्यालय सहयाेगी देखि नासु सम्मकाे फर्जी विज्ञापन गरी नाैकरी लगाई दिन्छु भनी लाखौं रूपियाँ ठगी गरकाे आराेप लागेकाे छ ।
जिल्ला प्रहरी कार्यालय माेरंगमा २ दर्जन उजुरी परेकाे छ । साेही उजुरीका आधारमा आमा-छाेरीलाई पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय माेरंगका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक काेपिला चुडालले जानकारी दिए।
साथै ठगीमा संलग्न अन्य व्यक्तिहरुको खोजतलास कार्य जारी रहेको हुँदा पुनम देवी साह मो.नं. ९८२३८९८२९३ को ई-सेवा मार्फत अन्य कोही व्यक्तिहरु ठगीमा परी पीडित भएको भएमा यस जिल्ला प्रहरी कार्यालय, मोरङमा निवेदन सहित सम्पर्क राख्न हुन समेत अनुरोध गरिएको छ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]