पदमकुमार सरदार
विराटनगर, कार्तिक १७ गते । मोरङ जहदा गाउँपालिकाले करार दरबन्दी बाहेकका २० जना करार तथा ज्यालादारी कर्मचारीको सम्झौता रद्द गरिएको छ ।
जहदा गाउँपालिकामा करार दरबन्दी तथा ज्यालादारी ६६ कार्यरत जना कर्मचारीहरु मध्ये २० जान कर्मचारीहरुको सम्झौता कार्तिक १६ गतेदेखि लागु हुने गरी रद्द गरिएको हो ।
भ्रष्टाचार र सुशासनकाे लागि जेनजी यूवाहरूले भदौ २३ र २४ गतेकाे आन्दोलन पश्चात नेपाल सरकार मन्त्रीपरिषदको २०८२ असोज ५ को निर्णय, अर्थ मन्त्रालयको च.नं. ११८ २०८२ असोज ७ गतेको पत्र एवं सङ्घिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २०८२ असाेज ८ काे च.नं. ११३ को पत्र समेतका आधारमा र गाउँकार्यपालिकाको २०८२ कार्तिक २ गतेको निर्णयबाट उनीहरुको सम्झौता रद्द गरिएको जहदा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन कुमार गुप्ताले जानकारी दिए ।
जहदा गाउँपालिकाको कार्यालयको स्वीकृत सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण ओ एण्ड मी दरबन्दी भित्र नरहेका करार तथा ज्यालादारी कर्मचारीहरुको करार सम्झौता रद्द गर्ने निर्णय भएको आधारमा रद्द गरिएको गुप्ताकाे भनाइछ ।गाउँपालिकाले २०८२ कार्तिक १६ गते करार तथा ज्यालादारी कर्मचारीहरुको करार सम्झौता रद्द गरिएको विषयमा विज्ञप्ती समेत सार्वजानिक गरेको गुप्ताले जानकारी गराए ।
पालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ तथा स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन, २०८० को दफा ६ बमोजिम स्थानीय तहले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण ओ एण्ड मी स्वीकृत गरी कार्यान्वनयमा रहेको थियो ।
नेपाल सरकारको स्वीकृत कार्यक्रम अनुसार नेपाल सरकारबाटै शसर्त अनुदानमा बजेट प्राप्त भई कार्यक्रम निरन्तर रहेको कार्यक्रम अन्तर्गत नियुक्ति भएका ४६ जना करार दरबन्दीका कर्मचारीहरु यथावत नै रहेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]