सिरहा, कार्तिक १९ गते । कार्तिक पूर्णिमाको पावन अवसरमा धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला नदीमा हरेक वर्षझैँ यस वर्ष पनि कुलदेउता स्नान गर्न हजाराैकाे भिड लागेकाे छ ।
अनौठो ‘देवीदेवता मेला’ मा मंगलबार साँझ घरबाट धामी झाँक्रीसहित हिँडेका सिरहा र धनुषा वासी लगायत भारतका भक्तहरू धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला नदी उत्तरबाट दक्षिण तिर बग्ने उतराहिणीमा स्नान गर्न भिड लागेका हुन ।
उतराहिणीमा कात्तिक शुक्ल पूर्णिमाको दिन स्नान गर्दा भुत बैताल, देवि देवताबाट परिवारमा हुने अशान्तिबाट छुटकारा पाउने एक धामीले बताए । धामी झाँक्रीहरुले भूत र घरको कुल देवता खेल्दै आजको दिन अर्थात् कार्तिक शुक्ल पूर्णिमाको दिन स्नान गर्ने सदियौँको परम्परा भएको सर्वसाधारणकाे भनाईछ ।
यो मेलालाई धामी झाँक्रीको मेला पनि भनिन्छ । आजका दिन नयाँ नयाँ धामी झाँक्री बन्ने विश्वास रहेको छ । कात्तिक पूर्णिमा मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनहरुले कमला नदीको शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्छन् । उक्त पानीलाई जमिन छर्केर पूजाका लागि शुद्ध पार्न प्रयोगमा ल्याइने धामी झाँक्रीहरु बताउँछन् ।

मंगलबार साँझदेखि नै धामीझाँक्री, भगता र सर्वसाधारण भक्तजनहरू ‘घरको कुलदेवता’ खेलाउँदै कमला नदीको किनारमा भेला भएका थिए। रातभर कमला घाटमै बास बसेका उनीहरूले बुधबार बिहानै स्नान र पूजापाठ गरी दही–च्यूरा खाएर घर फर्किएका छन्।
कात्तिक पूर्णिमाको दिन स्नान, दान र व्रत गरे मुक्ति प्राप्त हुने जनविश्वास रहँदै आएको छ। कमला नदीलाई ‘गंगाको स्वरूप’ मान्ने परम्परा भएकाले, यस दिन हजारौँ मानिस यहाँ स्नान गर्न आउने गर्दछन् । धार्मिक श्रद्धा, रीतिरिवाज र स्थानीय परम्पराको अद्भुत समिश्रण देखिने यो मेलाले सांस्कृतिक पहिचानको संरक्षणमा पनि महत्त्वपूर्ण भूमिका खेलेको छ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]