विराटनगर, कार्तिक २० गते । जिल्ला मोरङ जहदा गाउँपालिका-३ हातिबन्दा स्थित एम्बुलेन्समा लैजादै गर्दा गाँजा सहित दुईजनालाई प्रहरीले पक्राउ गरेकाेछ ।
हातिबन्दा स्थित सडकमा उत्तरबाट दक्षिणतर्फ मोटरसाइकलले स्कटिङ गरी जाँदै गरेको अवस्थामा स १ च ६५६ नं. एम्बुलेन्सलाई गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिएकाे थियो ।
लागू औषध नियन्त्रण ब्युरो, बिराटनगर र वडा प्रहरी कार्यालय, हाटखोलाबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा उक्त एम्बुलेन्समा दुई वटा कालो रंगको झोलामा लुकाई छिपाई राखेको अवस्थामा अबैध ला.औ. गाँजा ३३.६१० के.जी. फेला पारीएकाे थियो ।एम्बुलेन्स चालक जि. मोरङ बिराटनगर महानगरपालिका वडा नं. ५ कोचाखल बस्ने वर्षकाे ३२ काे दुर्गा प्रसाद राजवंशी र एम्बुलेन्स स्कटिङ गरी गईरहेको को ३१ प ८८८९ नं. को मोटरसाईकल चालक जहदा गाउँपालिका वडा नं.०३ हातिबन्दा बस्ने बर्ष ३२ को दिलिप कुमार राजवंशी समेतलाई नियन्त्रणमा लिएकाे थियाे ।
पक्राउ परेकाेहरूलाई इलाका प्रहरी कार्यालय रानीमा ल्याई अवश्यक थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएकाेछ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]