
पदमकुमार सरदार
विराटनगर, कार्तिक २० गते । कटहरी गाउँपालिका अन्तर्गत पर्ने हुलाकी राजमार्गकाे चाडै निर्माणको माग गर्दै सर्वसाधारण जनताले बाटाे अवरुद्ध गरी विराेध प्रदर्शन गरेका छन् ।
कटहरीका सर्वसाधारणहरुले सडकमा ढाठ बाधेर दुई पांग्रे र चार पांग्रे सवारी साधन रोकेर विरोध विराेध प्रदर्शन गरेकाे हाे ।
कटहरी गाउँपालिका अन्तरगत हुलाक सडक खण्ड ठेकादारले निर्माण कार्य बन्दगरी बेपत्ता भएपछि सर्वसाधारण विरोधमा उत्रेका छन् ।
बाटाे निर्माण कार्य अलपत्र बनाई ठेकादार कम्पनी भागेपछि बाटो धुलामै भएर आम सर्वसाधारण दु:ख पूर्ण यात्रा गर्न बाध्य भएकाछन् ।
बोटो निर्माणको काम ढिलाई भएका कारण यातायातका साधन चलाउन कठिनाई हुनुका साथै पानी परेको बेला हिलाम्मे र घामलागेकाे वेला धुल्लामे भई जोखीम पूर्ण यात्रा गर्नुपरेको सर्वसाधारण वताउँछन् ।
कटहरी सडक खण्डमा सडक निर्माण गर्ने ठेकादार कम्पनी र सराेकारवाला निकायकाे विराेधमा स्थानीयहरु बाँस तेरसाएर शान्ति पूर्ण विरोध जनाएका कटहरी उद्योग बाणिज्य संघका अध्यक्ष अरबिन्द शर्माको भनाई छ ।

जवसम्म ठेकेदारले बाटो निर्मार्णको काम सुरु गर्दैन तबसम्म शान्ति पूर्ण आन्दोलन जारीने रहने शर्माको चेतावनी छ । सडकछेउका बासिन्दाहरुको घरमा बस्ने अवस्था छैन, अहिले घर धुलोले छपक्कै छोपेको अवस्था छ । सरकारले बाटो निर्माणको काममा अबपनि ढिला सुस्ती गर्याे भने सडकमै सुतने स्थानीय तेज बहादुर विश्वकर्म र जेन्जी युवाहरुले आक्रोस व्यक्त गरेका छन् ।
रंगेली-विराटनगर हुलाकी सडक निर्माणकाे लागि पीएस गजुरमुखि मोतिदान जेभीलाई २०७६ कार्तिक २४ गते सम्झौता गरेर २०७९ कार्तिक सम्म निर्माणकार्य सम्पन्न गर्ने समय तोकेको थियो ।
धनपालथान गाउँपालिकाको मंगलबारेदेखि जुडिपुल सम्मको सडक निर्माणकार्यका लागि पीएस गजुरमुखि मोतीदान जेभि बानेश्वरले पाएको थियो । त्यसैगरी जुडि पुल देखि बिराटनगरको हाटखोला सम्मको सडक निर्माणकार्य गर्ने श्रेष्ठ कन्सट्रक्सन कम्पनी जिम्मेवारी पाएको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]