सर्लाही, कार्तिक २८ गते । मधेश प्रदेशका तत्कालीन प्रदेश प्रमुख सुमित्रा देवी भण्डारी र सभामुख रामचन्द्र मण्डलद्वारा गरिएको गैरजिम्मेवार, गैरसंवैधानिक तथा अराजक गतिविधिप्रति नेपाली कांग्रेस मधेश प्रदेशका उप-सभापति पूर्व मन्त्री प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंहले आफनो सामाजिक सञ्जाल फेसबुकमा मार्फत कडा आपत्ति जनाएका छन् ।
उप-सभापति सिंहका अनुसार प्रदेशको नेतृत्व तहबाट भएका यस्ता कदमहरूले केवल मधेश प्रदेशलाई अस्थिरतामा धकेल्ने मात्र होइन, लोकतान्त्रिक पद्धतिलाई कमजोर पार्ने गम्भीर प्रयास भएको छ। उनले भने “संविधानविपरीत भएको निर्णय र क्रियाकलापले प्रदेशको राजनीतिक वातावरणलाई दूषित बनाएको छ। लोकतन्त्र र संविधानको रक्षा गर्न सबै सचेत नागरिक एकजुट हुन आवश्यक छ।”
सिंहले सम्पूर्ण लोकतान्त्रिक दलहरू, नागरिक समाज तथा लोकतन्त्रप्रेमी जनसमुदायलाई गैरसंवैधानिक क्रियाकलापविरुद्ध आवाज उठाउन आह्वान समेत गरेका छन् ।
उनले लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण र संवैधानिक मर्यादाको रक्षा सबैको साझा दायित्व रहेको उल्लेख गर्दै मधेश प्रदेशलाई अस्थिर बनाउने योजनामाथि व्यापक प्रतिरोध गर्न आग्रह गरेका छन् ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]