काठमाडौं, मंसिर ३ गते । नेपाली कांग्रेस मधेश प्रदेशका उप सभापति एवम् मधेश प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंहले विशेष महाधिवेशन बोलाउन दवाव दिएपछि नेपाली कांग्रेसमा हलचल मचेकाेछ ।
नेपाली कांग्रेसमा समय सापेक्ष र सशक्त नेतृत्व स्थापनाका लागि विशेष महाधिवेशनको माग उठी रहेकाे वेला नेपाली कांग्रेस मधेश प्रदेशका उप सभापती एवम् प्रदेश सांसद सिंहले सञ्चार कर्मीसंग कुरा कानी गर्दै वहाँले भने भाद्र २३ र २४ मा भएका जेन्जी आन्दोलनले व्यक्त गरेका जनअपेक्षा र युवा पुस्ताका मागलाई सम्बोधन गर्दै पार्टीलाई नयाँ ऊर्जा र दिशा दिन आवश्यक भएको बताए ।
सिंहका अनुसार, विशेष महाधिवेशन आवश्यक हुनुका मुख्य कारणहरूमा जनभावनाको सम्बोधन, समसामयिक नीतिगत सुधार, र फागुन २१ को निर्वाचनका लागि पार्टीलाई एकताबद्ध र पुनर्गठित गर्ने तयारी रहेका छन् ।
वहाँले भने, “पार्टीले वर्तमान राजनीतिक सङ्कटको गम्भीर समीक्षा गर्न, नेतृत्व परिवर्तन र केन्द्रीय कार्यसमितिको निर्वाचन गर्न, समयानुकूल नीति निर्माण गर्न तथा विधान संशोधन मार्फत संरचनामा सुधार गर्नुपर्ने देखिन्छ।”
सिहले विधानको धारा १७ (२) अनुसार मंसिर २१ भित्र विशेष महाधिवेशन बोलाउने जोडदार माग राखेका छन् । साथै महाधिवेशन नेपाली कांग्रेसलाई नयाँ दिशा र ऊर्जा प्रदान गर्दै लोकतन्त्र, संविधान र जनपक्षीय मूल्यहरूको रक्षा गर्दै पार्टीलाई सशक्त नेतृत्वदायी शक्तिका रूपमा स्थापित गर्नेछ।
विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन र नीति सुधार भए पार्टी आगामी निर्वाचनका लागि थप एकताबद्ध र सक्षम हुने अपेक्षा गरिएको नेपाली कांग्रेस मधेस प्रदेशका सूचना तथा सञ्चार बिभागका सचिव निकेश त्रिपाठीले बताए।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]