रामनारायण ठाकुर
सिरहा, मंसिर ४ गते । वर्तमान सरकारका गृहमन्त्री आ‌ेम प्रकाश अर्यालको राजीनामा माग गर्दै जेनजी युवाहरुले सिरहा बजार मंसिर ५ गते शुक्छ बन्द गराउने उद्देश्य सहित सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।
जेनजी युवाहरुको एक टोली जिल्ला प्रशासन कार्यालय सिरहा पुगेर बजार बन्दका सम्बन्धमा औपचारिक अनुमति दिनु पर्ने माग सहित ज्ञापनपत्र बुझाएको छ । घटनाक्रम प्रति सरकारको उदासीनता र गृहमन्त्रीको भूमिकाप्रति प्रश्न उठाउँदै उनीहरूले कठोर विरोधका कार्यक्रमहरु अघि सारिएको जनाएका छन् ।
ज्ञापनपत्र बुझाउने क्रममा युवाहरूले शान्तिपूर्ण तरिकाले आन्दोलन गर्ने र बजार बन्दको क्रममा कुनै अवाञ्छित घटना हुन नदिन सबै पक्षले सहयोग गर्न जेनजी यूवाहरूले अनुरोध गरेका छन ।
जिल्ला प्रमुखले युवाहरूको मागबारे ध्यानपूर्वक अध्ययन गरिने र प्रशासनले शान्ति–सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखेर आवश्यक निर्णय लिने बताएका छन् ।
घटनासँग सम्बन्धित थप आन्दोलनका कार्यक्रमहरू पनि चरणबद्ध रूपमा सार्वजनिक गर्ने तयारी भइरहेको आन्दोलनकारी युवाहरुले बताएका छन् ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]