
सिरहा, मंसिर ७ गते । सिरहाकाे कर्जन्हा नगरपालिका-१ रतनपुर बल्टियाँमा श्री श्री १०८ श्री नन्दबाबा कुट्टी संरक्षण समितिद्वारा आयोजित सार्वजनिक संगितमय श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आजदेखि भव्य रूपमा सुरू भएको छ। महायज्ञको पहिलो दिन कलश यात्रा भव्य रूपमा सम्पन्न भएकाेछ ।
रतनपुर बल्टियाँस्थित रामजानकी कुटीको प्राङ्गणबाट निस्किएको कलश यात्रा ऐतिहासिक धार्मिक स्थल उतराहिणी कमला नदी पुगेर विधिवत् जलभरण गरी बल्टियाँ रतनपुर गाउँ परिक्रमा गर्दै कलश यात्रा पुनः महायज्ञ स्थलमै आएको आयोजक समितिले जनाएको छ।

आजदेखि सुरू भएको सार्वजनिक संगितमय श्रीमद् भागवत सप्ताह मंसिर १३ गते शनिवारसम्म सञ्चालन रहनेछ ।
महायज्ञमा कथा वाचक बाल व्यास पण्डित श्री मणिराम पोखरेल र उप-वाचक श्री अजय प्रसाद कोइरालाद्वारा पवित्र श्रीमद् भागवत कथा वाचन हुनेछ।
कथा प्रवचन प्रत्येक दिन बिहान ७ देखि ९ बजेसम्म र बेलुका ७ देखि १० बजेसम्म ख्यातिप्राप्त कलाकारहरूको भजन, कीर्तन तथा झाँकी प्रदर्शन रहनेछ। सर्वसाधारण भक्तजनहरूले अमृत कथा श्रवण गरी आध्यात्मिक आनन्द लिन तथा प्रसाद ग्रहण गर्न आयोजक समितिले हार्दिक निमन्त्रणा गरेको छ।

कलश यात्रामा कर्जन्हा नगरपालिकाकी उपमेयर लक्ष्मी श्रेष्ठ, नन्दबाबा कुट्टी संरक्षण समितिका अध्यक्ष सन्तोषी फुयाल कार्की, कुट्टी संरक्षण समितिका सदस्यहरू, कर्जन्हा–१ का वडा अध्यक्ष फरिन्द्र प्रसाद पोखरेल, नन्दबाबा मन्दिरका पुजारी अल्का बाबा (जङ्गली दास), साथै बन्दिपुरस्थित शुभ सहारा पाठशालाका शिक्षक विद्यार्थी तथा स्थानीय भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]