
विराटनगर, मंसिर १२ गते । ३४ औं अन्तराष्ट्रिय दिवशको अवसरमा अपाङ्गता भएका व्यक्तिहरूमा अन्तरनिहित प्रतिभाको खोजी तथा प्रस्फुटन कार्यक्रम आयाेजना हुने भएकाेछ ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, कोशी प्रदेश, सङ्गीत साधना प्रतिष्ठान, इटहरी, करूणा फाउण्डेसन नेपाल र कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा मंसिर १७ गते आयोजना हुने कुरा पत्रकार सम्मेलन गरी राष्ट्रिय अपांग महासंघ नेपालका केही प्रदेश अध्यक्ष नविन चन्द्र ढुगेलले जानकारी गराए ।
कोशी प्रदेशको सान, प्रतिभावान अपाङ्गता भएका व्यक्तिको पहिचान, कलाको व्यवसायिकताले बढाउनेछ आय र आत्मसम्मान भन्ने मुल नाराका साथ कार्यक्रम हुनेछ ।
विरेन्द्र सभा गृह, विराटनगरमा हुने उक्त कार्यक्रममा कोशी प्रदेशका ७१ जना प्रतिभावान अपाङ्गता भएका व्यक्तिहरूले विभिन्न नौ विधा (कविता वाचन, वक्तृत्वकला, संगीत तथा गायन, अभिनय/क्यारिकेचर, नृत्य, चित्रकला, हस्तकला, नवप्रवर्द्धन) मा प्रतिभा प्रस्तुत गर्नेछन् ।
कार्यक्रममा वुलु मुकारुङ, बसन्त सापकोटा, राजु लामा, मिन बहादुर भाम, बिशाल भण्डारी, निलु थापा, मनुमंजिल, कृष्ण विनोद लम्साल, महेन्द्र राई, अमिर बंजन, निलम ढुङ्गाना, सोनु जयन्ति, पृतम आचार्य लगायतका राष्ट्रिय कलाकार/व्यक्तित्वहरूको उपस्थितिले अपाङ्गता भएका प्रतिभावान व्यक्तिहरूको हौसला बढाउनुहुनेछ ।
कार्यक्रममा करिव २७ लाख खर्च लाग्नेछ । जसमा विराटनगर महानगरपालिका, इनरूवा नगरपालिका, बेलबारी नगरपालिका, दुहवी नगरपालिका, भोक्राहानरसिं गाउँपालिका, निक्षेप तथा कर्जा सुरक्षण कोष, एन.टि.भी. इटहरी लगायत संस्थासँगको सहकार्य रहेको छ भने अन्य संघसंस्थासंग समेत सहकार्यका लागि पहल भइरहेको अध्यक्ष ढुगेलले वताए ।
उक्त कार्यक्रममा कोशी प्रदेश सरकारका माननीय सामाजिक विकास मन्त्री पाँचकर्ण राईको प्रमुख आतिथ्यतामा आयोजना हुने कार्यक्रममा माननीय मन्त्री, प्रदेश सभाका माननीय सदस्य, स्थानीय तहका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष लगायतका जनप्रतिनिधी, अपाङ्गता भएका व्यक्तिहरूको संस्था लगायतका सरोकारवालाहरूको सहभागिता रहनेछ
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]