
कृष्णनगर, मंसिर २२ गते । दाँत एवम् मुख रोग सम्बन्धी राम्रो ज्ञान भएका दक्ष तथा अनुभवी डा. चन्द्र शेखर शुक्लद्वारा कृष्णनगरसँग नजिकै रहेको भारत सिद्धार्थनगर जिल्लकाे बढ्नी बजारमा दाँत उपचारको लागि सुविधा सम्पन्न अस्पताल सञ्चालनमा ल्याइएको छ ।
बी. डी. एस., एम. आई. डी. ए. गोरखपुर दन्त एवं मुख रोग विशेषज्ञ रहेका उहाँको अस्पताल नेपालको कृष्णनगर लिंकगेट बाट भारत जाँदा नेपाल रोड, कस्टम आफिस भन्दा पहिले, सेक्रेड हार्टस स्कुल नजिकै रहेको छ ।
दाँत अस्पतालमा दिनहुँ जसो नेपाल तथा भारतका दाँत एवम् मुख रोग बाट समस्यामा परेका मानिसहरूको निकै भिडभाड देखिनु र धेरै व्यक्तिको दाँत तथा मुख रोग को उपचार सफलता पूर्वक भएकाले पनि डा. कुशल अनुभवी रहेको सेवा ग्राहीहरू बताए ।
उक्त अस्पतालमा बिग्रिएको दाँत सिधा गर्ने, कस्मेटिक फिलिंग,फिक्स दाँत राख्ने, टुटेका जबडोंका उपचार, पायरिया दाँत तथा मुख रोग सँग सम्बन्धित विरामीहरूको उपचार अत्याधुनिक प्रविधिमा मसिनद्वारा गर्ने गरिएको डा. चन्द्र शेखर शुक्लले बताए ।
साथै दाँत तथा मुख रोग सम्बन्धित थप जानकारी तथा परामर्शका लागि ००९१९९१८९०५०५७ (भारत) ९८२१५४४६८९(नेपाली) मोबाइल नम्बरमा सम्पर्क सल्लाह सुझाव लिन सक्नेछ ।

क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]