
विराटनगर, मंसिर २५ गते । काेशी प्रदेशकाे राजधानी विराटनगरमा ५ कराेडकाे लगानीमा विराट स्पोर्ट्स जोन निर्माण भई मंसिर २७ गते उद्घाटन हुदैछ ।
विराटनगर-३ पुस्पा मार्ग रहेकाे विराट स्पोर्ट्स जोन व्यवस्थापन तथा लगानी कर्ताहरूकाे तर्फबाट अध्यक्ष हरि बजगाईले पत्रकार सम्मेलन साे कुराकाे जानकारी गराए ।
कोशी प्रदेशमा आधुनिक खेलकुद पूर्वाधार विकास गर्ने लक्ष्यसहित निर्माण गरिएको विराट स्पोर्ट्स जोन १ विगहा १० कट्ठा क्षेत्रफलमा विस्तार गरिएको संरचना प्रदेशकै समय खेलकुद क्षेत्रमा नयाँ मानक स्थापित गर्ने सचिव नवराज काफ्लेले जानकारी गराए ।
व्यवस्थापन तथा लगानीकर्ता, कोषाध्यक्ष राज ढकाल,सदस्यहरुमा अम्बिका अधिकारी, धड्कन कट्टेल, रेखा उप्रेती रहेका छन् । स्पोर्ट्स जोन भित्र फुटसल, क्रीकसल, स्केटिङ, गो-कार्ट, ब्याडमिन्टन, पिकल बल टेबल टेनिस रहनेछ ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिएको नेपालकै व्यवस्थित र ठूलो क्रिकेट एकेडेमी स्पोर्टस जोनको प्रमुख आकर्षण रहेकाे लगानी कर्ताकाे दावीछ ।
आधुनिक भौतिक संरचना, योग्य प्रशिक्षक र व्यवस्थित प्रशिक्षण सुविधासहित क्रिकेट प्रतिभा विकासमा योगदान पुऱ्याउने लक्ष्य लगानी कर्ताले राखिएको छ।
प्रशिक्षण कार्यक्रम अन्तर्गत फुटबल प्रशिक्षण, तेक्वान्दो प्रशिक्षण, स्केटिङ प्रशिक्षण अनुभवी प्रशिक्षकहरूको निर्देशनमा व्यवस्थित रुपमा सञ्चालन गरिनेछ।
२५ भन्दा बढी कर्मचारी मार्फत कोशी प्रदेशवासीलाई खेलकुदमैत्री वातावरण सृजना गर्ने उद्देश्यले क्याफेमा शाकाहारी तथा स्वास्थ्य अनुकूल भोजन उपलब्ध गराउने भएकाेछ ।
विराट स्पोर्ट्स जोनले आगामी दिनमा स्वीमिङ पुल, इन्डोर गेमिङ जोन लगायतका थप आधुनिक खेलकुद पूर्वाधार निर्माण गरी संरचनालाई अझ व्यापक बनाउन दीर्घकालीन योजना रहेकाे व्यवस्थापन तथा लगानी कर्ता राज ढकालले वताए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]