
सर्लाही मंसिर २६ गते । फाल्गुन २१ मा हुने प्रतिनिधि सभाकाे निर्वाचनमा सर्लाही निर्वाचन क्षेत्र नं. ४ मा नेपाली कांग्रेस मधेश प्रदेशका उप-सभापति, पूर्व स्वास्थ्य मन्त्री तथा प्रदेश सांसद बिरेन्द्र प्रसाद सिंहको नाम चर्चामा छ ।
नेपाली कांग्रेस मधेश प्रदेशका सूचना तथा सञ्चार विभागका सचिव निकेश त्रिपाठीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै जनमत स्पष्ट रूपमा सिंहतर्फ मोडिएको दाबी गरेका छन् ।
उनका अनुसार, “बिरेन्द्र प्रसाद सिंहको नाम बनावटी रूपमा होइन, जनताकै आग्रह र आशाबाट बलियो रूपमा अघि आएको हो। सर्लाही-४ का नागरिकहरूले विकास, सुशासन र जवाफदेही नेतृत्वका लागि सिंहलाई सबैभन्दा उपयुक्त व्यक्तित्वका रूपमा पहिचान गरेकाे त्रिपाठीले बताए ।
सर्लाही-४ भित्रको राजनीतिक बहस र जनस्तरको प्रतिक्रिया हेर्दा सिंहप्रतिको समर्थन दिनानुदिन बढिरहेको जनाइएको छ। स्थानीय समस्यामा प्रत्यक्ष सहभागिता, जनतासँगको निरन्तर सम्बन्ध, र स्पष्ट रूपमा उठाइने स्थानीय मुद्दाहरूले सिंहलाई जनताको पहिलो विकल्पका रूपमा अघि सारेको सञ्चार विभाग सचिव त्रिपाठीले दावी गरे।
स्थानीय बासिन्दाहरूले क्षेत्रका प्रमुख प्राथमिकता-सडक तथा पूर्वाधार, शिक्षा सुधार, स्वास्थ्य सेवा विस्तार, कृषि प्रवर्द्धन तथा युवामैत्री योजनाहरू अगाडि बढाउन सक्ने सम्भावित नेता सिंहलाई ठानिरहेका छन्। गाउँदेखि बस्ती, टोलदेखि बजारसम्म सिंहबारे भइरहेका सकारात्मक चर्चा र समर्थनले आगामी राजनीतिक समीकरणमा उनको प्रभाव झनै बलियो हुँदै गएको देखिन्छ।
समग्रमा, सर्लाही क्षेत्र नं. ४ मा बिरेन्द्र प्रसाद सिंहको उभार आकस्मिक होइन; यो जनताले निर्माण गरेको प्राकृतिक नेतृत्वको परिणाम भएको राजनीतिक विश्लेषकहरूकाे भनाइ छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]