
विराटनगर, पुस ३ गते । सुनसरी, मोरंग र झापा जिल्लाको विभिन्न स्थानबाट प्रतिवन्धित लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
घटनाको विवरण अनुसार सुनसरी जिल्लाको दुई छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागू औषधी सहित २ जनालाई अस्थायी प्रहरी चौकी श्यामचोकबाट खटिएको प्रहरी टोलीले धरान–५ स्थितमा चेकजाँचको क्रममा सोही स्थानका समिर राईलाई लागू औषधी डिकोलिक र स्पास्पेन गरी जम्मा ८ हजार २ सय ४७ ट्याब्लेट सहित बुधबार नियन्त्रणमा लिएको थियो ।
सोही दिन अस्थायी प्रहरी पोष्ट जोरसंखुवाले धरान–१६ का संजय तामाङलाई ट्रामाडोल १६७ ट्याब्लेट र स्पासपेन ५७२ क्यासुल सहित नियन्त्रणमा लिएको थियो ।
बिशेष सुचनाको आधारमा मोरङको इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले लेटाङ नगरपालिका–५ का धिरज न्यौपानेलाई ९ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको थियो । त्यसैगरी झापाको इलाका प्रहरी कार्यालय दमकले दमक– ६ का बिर बहादुर पौडेललाई १ ग्राम २३० मिलिग्राम ब्राउन सुगर सहित र कन्काई नगरपालिका–६ का गोपाल राजबंशीलाई १७० मिलिग्राम ब्राउन सुगर सहित अस्थायी प्रहरी पोष्ट दुर्गापुरले पक्राउ गरेको थियो ।
त्यस्तै सुनसरीको बराहक्षेत्र नगरपालिका–७ का बिशाल राईलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले ५८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको थियो । पक्राउ परेका ६ जना उपर सम्बन्धित प्रहरी कार्यालयवाट थप अनुसन्धान भई रहेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]