विराटनगर, पुस ५ गते । विराटनगर–४ बरगाछी, सप्तकोशी मार्गमा रहेको नेशनल इन्स्टिच्यूट अफ टेकनोलोजीले नयाँ भर्ना भएको विद्यार्थीहरुलाई स्वागत सम्मान गरेको छ भने पूराना विद्यार्थीहरुलाई विदाई विदाइ गरेका छन् ।
प्रमुख अतिथि प्रोफेसर डा.नीलाम्बर झाले कार्यक्रमलाई समुद्घाटन गर्दै सिटिईभीटीले दिने छोटो अवधिको शिक्षाले विद्यार्थीको जीवन उकास्ने गरेको वताउँदै सिटिभीईटीलाई पाठ्यक्रमवाट एक्सपायर डेटेड सामग्री आग्रह गरेका थिए । सिटिईभीटीले दिने शिक्षा नेशनल इन्स्टिच्यूट अफ टेकनोलोजीले दिएर समाजलाई स्वरोजगार मुखि बनाउन योगदान गरि रहेकोमा धन्यवाद दिएका थिए ।
नेशनल इन्स्टिच्यूट अफ टेकनोलोजीमा २०७९ सालको शैक्षिक सत्रमा भर्ना भएका ३९ जना एच.ए र २० जना ल्याब टेक्निसियन बिधार्थीहरूलाई बिदाई गरेको थियो । त्यसैगरी २०८२ शैक्षिक सत्रमा भर्ना भएका एच.ए, ल्याब टेक्निसियन र डिप्लोमा फार्मेसीका छात्र छात्रा स्वागत सम्मान गर्दै अभिमुखिकरण गराएका थिए ।


उक्त स्वागत सम्मान तथा विदाई समारोहका बिशिष्ट अतिथि सिटिईभीटीका कोशी प्रदेश निर्देशक श्रीमती मीना खरेल र प्रमुख अतिथि प्रोफेसर डा. नीलाम्बर झा लाई सम्मान गरिएको थियो । कार्यक्रममा विशिष्ट अतिथिहरू ,अतिथि र शिक्षकहरूले सारगर्भित मन्तव्यहरूद्वारा सभालाई नेशनल इन्स्टिच्यूट अफ टेकनोलोजीका संस्थापक अध्यक्ष भगवान झाले सम्मान गरेका थिए ।
बिचार्थी भाई बहिनीहरूको प्रतिभा अति प्रशंसनीय देखेर करतल ध्वनीका साथ अभिभावकहरू सम्मान गरेका थिए । नेशनल इन्स्टिच्यूट अफ टेकनोलोजीका प्रिन्सिपल जितेन्द्र झाले स्वागत मन्तव्य दिंदै कार्यक्रमको उदेशय माथी प्रकाश पारेका थिए ।
संस्थापक अध्यक्ष भगवान झाको अध्यक्षतामा नयाँ विद्यार्थीलाई अभिमुखिकरण पुरानाई विद्यार्थीहरुलाई विदाई कार्यक्रम सम्पन्न भएको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]