
विराटनगर, पुस ६ गते । झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट पुस ०५ गते लागु औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनसरीको इलाका प्रहरी कार्यालय इटहरी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले इटहरी–६ स्थितमा चेकजाँचको क्रममा प्रदेश १–०२–०४८ प ४४७८ नम्बरको मोटरसाईकलमा सवार कोशी गाउँपालिका–८ का २० बर्षीय मो.जईसुल र बराहक्षेत्र–५ का ३५ बर्षीय अनिल कार्कीलाई ब्राउन सुगर ५५ ग्राम १६ मिलिग्राम र नगद १ लाख ६५ हजार सहित नियन्त्रणमा लिएको थियो ।
त्यसैगरी वडा प्रहरी कार्यालय भद्रपुर झापाले भद्रपुर–५ बाट इलाम नगरपालिका–१२ का अनिल प्रधानलाई २ ग्राम १ सय मिलिग्राम ब्राउन सुगर सहित र झापा कचनकवल–६ का दिल कुमार राजवंशीलाई २ ग्राम ३ सय ४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको थियो ।
चेकजाँचकै क्रममा मोरङको इलाका प्रहरी विराट चोकले सुन्दरहरैँचा–१० का नरेश उराउलाई २ ग्राम ८१ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–६ स्थितमा वेवारीसे अवस्थामा रहेको २० किलोग्राम गाँजा बरामद गरेको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]