विराटनगर, पुस ७ गते । मानवअधिकारका लागि महिला, एकल महिला समूह मनेरंगले सामाजिक लेखा जोखा कार्यक्रम सपन्न गरेको छ ।
कटहरी गाउँपालिकामा मानवअधिकारका लागि महिला, एकल महिला समूह विराटनगरले आयोजना गरेको सामाजिक लेखा जोखा कार्यक्रम सोमवार सम्पन्न गरेको हो।
कार्यक्रमका प्रमुख अतिथि कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले एक महिलाहरुका लागि जीवनयापन गर्न आर्थिक, सामाजिक सुनिश्चितताका लागि पालिका जहिले पनि सहयोग गर्न तयार रहेकाे वता ।
मानवअधिकारका लागि महिला, एकल महिला समूह माेरंगले विभेदरहित समतामुलक समाजको निर्माण गर्न एकल महिला समूह गठन गरी विभिन्न सचेतना मुलक कार्यक्रम, गर्दै आईरहेको एकल महिला जिल्ला समिति मोरङकी अध्यक्ष चुडाकुमारी रेग्मीले वताईन ।


उहाँले पालिकाले देखाएको सहयोगी भावना प्रति धन्यवाद समेत व्यक्त गर्दै समाजमा एउटा महिला एकल भयो, भने उहाँमाथि आर्थिक सामाजिक र मानसिक पिडा भएको बेला समाजले हौसला दिनुको साटो झन धार्मिक र सामाजिक क्रियाकलापमा रोक लगाएर पीडा थप्ने काम वताईन । मानिस सामाजिक प्राणी हो, समाजमै जन्मिन्छ हुर्किन्छ र मर्छ, तर त्यसको बाबजुत मानिसले बाचुन जेल धेरै उतार चढाबको सामना गर्नुपर्छ । सबैले राम्रोसंग जीवन यापन गर्ने सपना सजाएको हुन्छ । तर कहिले कसको जीवनमा कस्तो किसिमको बज्रपात आई लाग्छ, त्यो कसैलाई थाहा हुँदैन र समस्या कहिले पनि बाजा बजाएर आउदैन । हो त्यसरी नै एकल महिला कोही रहरले हुँदैन समय परिस्थिति र स्थितिले एकल हुने गरेको हुन्छ ।
महिलाहरु एकल महिलाभयो, भने उनीहरूप्रति समाजको हेर्ने दृष्टिकोण नै फरक हुन्छ । समाजले एकल महिलाको पिडामा मलहम लगाउनुको साटो सामाजिक र धार्मिक काममा रोक लगाउने गरेको उदाहरण पनि प्रसस्तै रहेको अध्यक्ष रेग्मीकाे भनाइ थियो ।
कार्यक्रममा लेखा परिक्षक गणेश प्रसाद निरौलाले २०८१/०८२ को आर्थिक लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । सामाजिक लेखा जोखा कार्यक्रममा कटहरी गाउँपालिकाक वडाअध्यक्षहरु र बेपता परिवारलगायत एक महिलाहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]