विराटनगर, पुस ८ गते । नेपाललेखापढी कानून व्यवसायी एशोसिएसन विराटनगरले भूमिसुधार तथा मालपोत कार्यालय विराटनगरमा तलाबन्दी गरेको छ ।
पक्राउ परेका नेपाललेखापढी कानून व्यवसायीहरुलाई प्रहरीले २४ घण्टा भित्र छोडेन् भने बुधवारदेखि मालपोत कार्यालयबाट हुने कामहरु ठप्प गर्ने नेपाललेखापढी कानून व्यवसायी एशोसिएसन विराटनगर इकाई समितिका अध्यक्ष कञ्चन न्यौपनेले चेतावनी दिएकाे छ ।
नेपाललेखापढी कानून व्यवसायीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले पक्राउ गरेको भन्दै उनीहरुले भूमिसुधार तथा मलपोत कार्यालयमा तलाबन्दी गरेको छ । भूमिसुधार तथा मालपोत कार्यालयमा सर्वसाधारणले गर्ने काममा नेपाललेखापढी कानून व्यवसायीहरुले मालपोत कार्यालय भित्र पसेर काम गराउने गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको मोरङ डिएसपी कोपीला चुडालले जाकारी दिए ।
भूमिसुधार तथा मालपोत कार्यालय विराटनगरबाट २९ जना नेपाललेखापढी कानून व्यवसायीलाई प्रहरीले पक्राउ गरेको पुष्टि गर्दै पक्राउ परेका नेपाललेखापढी कानून व्यवसायीहरुको अहिले अनुसधान भइरहेको छ ।
दोसी ठहरीएमा उनीहरुलाई कानून बमोजिम कारबाही गर्ने मोरङ डिएसपी चुडालले जानकारी गराए।
नेपाललेखापढी कानून व्यवसायीहरुले सर्वसाधारणलाई कुनै पनि समस्या हुने खालको काम नगरेको एशोसिएसन अध्यक्ष न्योपानेले दाबी गर्दै भूमिसुधार तथा मालपोत कार्यालय विराटनगरबाट हुने सवै काम दिनभरी ठप्प रहेको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]