
विराटनगर,पुस १३ गते । विराटनगर-१५ स्थिति सुनसरी ट्रेडिङ् सेन्टर अगाडीको सडकमा इलाका प्रहरी कार्यालय, रानी र इलाका प्रहरी कार्यालय, रानी (सिमा) बाट खटिएको सयुक्त प्रहरी टोलीले अबैध ६ लाख नगद सहित १ जनालाई प्रहरीले पक्राउ गरेकाेछ ।
भारतबाट नेपालतर्फ आउदै गरेको प्रदेश नं.१-०४-००१ च ०१६४ नं. को सेतो रङगको कार रोकी चेकजाँच गर्ने क्रमममा उक्त कारमा लुकाई छिपाई राखेको श्रोत नखुलेको नेपाली नगद रू. ६ लाख रकम फेला पारी कार सहित चालक जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ६ बस्ने अं. वर्ष ४९ को अरबिन्द्र अग्रवाललाई नियन्त्रणमा लिएकाे थियो ।
इलाका प्रहरी कार्यालय, रानीमा ल्याई थप आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएकाेछ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]