विराटनगर, पुस १४ गते । नेपाल बाँतर सरदार समाज कल्याणकारी केन्द्रीय कार्य समितिलको आयोजना र विराटनगर आँखा अस्पताल विराटनगर रानीको सहकार्यमा गरिएको निःशुल्क आँखा शिविरबाट एक सय ६५ जनाले आँखा परिक्षण गराएका छन् ।
मोरङको कटहरी गाउँपालिका–५ मा आयोजित निःशुल्क आँखा शिविरबाट जेष्ठनागरी र विद्यार्थीहहरुले स्वास्थ्य लाभ लिएका हुन् । स्थानीय बाँतर जातीका युवाहरुको सहयोगमा आँखा शिविर सञ्चालन गरेको आयोजकले जनाएको छ । शिविरमा दृष्टि विशेषज्ञ रुकेश कुमार महतो, हुमा जफर, आँखा स्वास्थय कार्यकर्ता श्रवण कुमार माझी, महेश महतो, सूर्य उराउँलगायतको टीमले आँखा जाँच गरेका थिए ।


शिविरमा आँखा परिक्षण गरेका माध्ये ४२ जनालाई मोतीबिन्दु भएको आँखा स्वास्थय कार्यकर्ता माझीले वताइन । मोतीबिन्दुभएका विरामीहरुलाई निःशुल्क शल्यक्रियाका लागि विराटनगर आँखा अस्पताल विराटनगर रानी पठाएको दृष्टि विशेषज्ञ महतोले जानकारी दिए । आँखामा अन्य समस्या देखिएका विरामीहरुलाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालहरुमा जान उहाँले सुझाव दिएका थिए ।
अस्पतालले ग्रामीण क्षेत्रका अतिविपन्नहरुको पहिचान गरेर निःशुल्क आँखा शिविर गरेर मानववीय काम गरेरको नेपाल बाँतर सरदार समाज कल्याणकारी केन्द्रीय कार्य समितिलका सह–अध्यक्ष सुभाष सरदार र महासचिव पदमकुमार सरदार सल्लाहाकार मोहनलाल सरदार, कटहरी गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष मन्जिता कुमारी सरदार, कार्यपालिका सदस्य ममता सरदार, केन्द्रीय विरेन्द्र कुमार सरदार, मोरङ जिल्ला कोषाध्यक्ष सुनिता सरदारलगायतले अस्पताल परिवारलाई धन्यवाद दिएका थिए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]