राैतहट, पुस १५ गते  रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाले चिसो अत्यधिक बढ्दै गएपछि नगर क्षेत्रभित्र सञ्चालित सम्पूर्ण सामुदायिक, संस्थागत  विद्यालयहरूमा तीन दिनकाे लागि जाडो बिदा घोषणा गरेको छ।
नगर कार्यपालिकाको कार्यालय फतुवा विजयपुरद्वारा जारी सूचना अनुसार केही दिनयता जाडो अत्यधिक बढ्दा विद्यालय जाने बालबालिकाहरूको पठन–पाठनमा असहजता हुनुका साथै स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्था देखिएको भन्दै बिदा दिने निर्णय गरिएको हो।
कार्यालयले २०८२ पौष १६ गते बुधबारदेखि २०८२ पौष १८ गते शुक्रबारसम्म विद्यालयहरू पूर्ण रूपमा बन्द रहने जनाएको छ।
यस अवधिमा विद्यालयमा कुनै पनि शैक्षिक गतिविधि सञ्चालन नहुने स्पष्ट गरिएको छ। नगरपालिकाले सबै विद्यालय प्रशासनलाई उक्त निर्णय कडाइका साथ कार्यान्वयन गर्न अनुरोध गरेको छ।
साथै, मौसमको अवस्था अनुसार आवश्यक परे थप निर्णय गरी पुनः सूचना जारी गरिने समेत जनाएको छ। सूचना नगरपालिकाका प्रसाशन प्रमुख मुकेश साहद्वारा हस्ताक्षरित र कार्यालयको आधिकारिक छापसहित जारी गरिएको हो

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]