विराटनगर, पुस १७ गते । कर्तव्य ज्यान मुद्धा २० वर्ष सजाइ पाएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेकाे छ।
सम्मानित मोरङ जिल्ला अदालतको २०७३ चैत २७ गतेको फैसलाले २० बर्ष कैद सजाय तोकिएका प्रतिवादी जिल्ला मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं. ५ बस्ने बर्ष ४६ को डि.वि.भन्ने डिग बहादुर राईलाई पक्राउ गरेकाे हाे ।
बिगत ९ बर्षदेखि फरार रहेकोमा २०८२ पुस १६ गते जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले लुकिछिपी बसेको अवस्थामा घर वतनबाटै पक्राउ गरिएकाे थियो ।
आवश्यक कारवाहीको लागि सम्मानित मोरङ जिल्ला अदालतमा बुझाईए प्रहरीले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]