रामनारायण ठाकुर
मिर्चैया, सिरहा, पुस २८ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिका-५ मा रहेकाे शुभकार्य कृषि सहकारी संस्था लिमिटेडको ९औँ वार्षिक साधारणसभा सम्पन्न गरेकाेछ।
साधारणसभाको उद्घाटन मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवण कुमार यादव, शुभकार्य कृषि सहकारी संस्थाका अध्यक्ष भरत यादव तथा सचिव रामरत्न यादवले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो।
कार्यक्रमका वक्ताहरूले शुभकार्य कृषि सहकारी संस्थाले छोटो अवधिमै मिर्चैया क्षेत्रमा उदाहरणीय सहकारीको पहिचान बनाएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा तथा कार्यक्रममार्फत सदस्यहरूको हितमा निरन्तर काम गर्नुपर्नेमा जोड दिएका थिए ।
उक्त साधारणसभामा संस्थाका शेयर सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा सहकारीको आर्थिक, सामाजिक तथा संस्थागत प्रगतिबारे विस्तृत समीक्षा गरिएकाे थियोे ।
संस्थाका सचिव रामरत्न यादवका अनुसार सामान्य पुँजीबाट सुरु भएको संस्थाले ९ वर्षको अवधिमा उल्लेखनीय प्रगति गरेको छ।
संस्थाको कुल कारोबार २६ करोड १७ लाख ६३ हजार ५ सय ७३ रुपैयाँ पुगेको छ भने १६ करोड ७६ लाख ९६ हजार ६ सय ३२ रुपैयाँ ऋण प्रवाह गरिएको छ।


त्यसैगरी, १७ करोड १८ लाख ५८ हजार ७ सय २२ रुपैयाँ बचत संकलन भएको छ भने १ करोड १७ लाख ७८ हजार ३ सय रुपैयाँ सेयर पुँजी रहेको छ। हाल संस्थामा २ हजार ३ सय ४३ जना सेयर सदस्य आबद्ध छन्।
अतिथिका रूपमा मिर्चैया नगरपालिकाका सहकारी शाखा प्रमुख धनञ्जय महतो, राष्ट्रिय सहकारी बैंक लहान शाखाका प्रमुख राहुल झा सहभागी थिए।
त्यसैगरी, मिथिला बचत बहुउद्देश्यीय सहकारीका अध्यक्ष लोकनाथ यादव, ओम बचत तथा ऋण सहकारीका अध्यक्ष राजेन्द्र साह, शेयरधनी जनकलाल साह संस्थाका उपध्यक्ष प्रमाेद साह कोषाध्यक्ष रामकुमारी साह,रामसरण साह, रन्जीत यादव र संजय साहलगायत संस्थाका शेयर सदस्यहरू, किसान , मजदुर,व्यापारी ,बुद्धिजीवी, समाजसेवी तथा पत्रकारहरूको समेत उपस्थिति रहेको थियो।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]