विराटनगर, २० गते । नेकपा (एमाले)का सचिव तथा तेह्रथुम प्रतिनिधिसभा सदस्य उम्मेदवार भानुभक्त ढकालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यकाे निर्वाचनमा प्रत्यक्ष तर्फ सिट वृद्धि हुने दावी गरेका छन ।
विराटनगरमा पत्रकारहरूसँग गरिएकाे भेटघाट कार्यक्रम साे कुरा वताएकाे हाे । भाद्र २३ र २४ गते भएकाे जेनजी युवाहरूकाे आन्दोलनले नयाँ पार्टीका नयाँ अनुहारका उम्मेदवारहरू प्रति शहरी लगायत अन्य क्षेत्रमा आकर्षण बढेकाे देखिन्छ । त्याे खहरे खाेलामा पानी आए जस्ताे हाे बढारीएर जान्छ । नेकपा एमालेले सबभन्दा बढी सिटमा जितहात पारेर सरकार बनाएर नेतृत्व गर्ने दावी समेत गरेका हुन् ।
नेकपा एमालेको समानुपातिक सिट संख्यामा बढीघटी हुन सक्छ । प्रत्यक्षमा नेकपा एमाले बहुमत ल्याएर सरकार गठन गरर्ने वहाँकाे दावी छ ।
ढकालले आगामी फागुन २१, २०८२ मा तय प्रतिनिधिसभा निर्वाचनलाई लिएर पार्टीको रणनीति, सरकारको वर्तमान राजनीतिक परिस्थिति, र जनता सामु पार्टीको एजेन्डा प्रष्ट रूपमा राखिसकेकाे भन्दै सरकारले अझै चुनावकाे वातावरण वनाउनु पर्ने वताए ।
माेरंगमा रहेकाे ६ वटा निर्वाचन क्षेत्रमा समेत पहिलेकाे सिटमा बृद्वि गर्ने दावी गर्दै गर्दै बालेनलाई भावि प्रधानमन्त्रीकाे रूपमा अगाडि सारेर झापा-५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा आ‌ेलीसंग चुनावमा प्रतिस्पर्धा गर्न लगाएर प्रधानमन्त्री बन्न नदिने रणनीति भएकाे हुन सक्ने वताए ।
ढकाल उम्मेदवार रहेका तेह्रथुम-१ निर्वाचन क्षेत्रमा ४३ वटा वडाहरू ७ पालिकामा ७२ हजार मतदाता रहेका छन् ।
पत्रकार भेटघाट कार्यक्रम प्रेस चाैतारी माेरंग अध्यक्ष चीना थापाकाे अध्यक्षतामा भएकाे थियोे ।

 

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]