विराटनगर, माघ २१ गते । देशमा विद्यमान राजनीतिक निराशा र परिवर्तनको तीव्र चाहनाबीच माेरंग क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नयाँ अनुहार मनाेज अग्रवाल प्रति प्रति माेरंग क्षेत्र नं.५ काे युवामाझ आकर्षण बढ्दै गईरहेकाे छ ।
“समृद्ध नेपाल, सुखी नेपाल” भन्ने नारालाई केवल नारा मात्र नभई अभियानकै रूपमा अघि बढाउँदै अग्रवाललाई भावी नेतृत्वको रूपमा स्वीकार गर्दै यूवाहरू अगाडि बढी रहेका छन् ।
माेरंग क्षेत्र नं. ५ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शिव कुमार मण्डल २ पटक र स्वतन्त्रबाट १ पटक जिते का उम्मेदवार हाल राष्ट्रिय उर्जाशील पार्टीका अध्यक्ष एवम् उम्मेदवार तीनवटा क्षेत्रमा खुम्चिएका याेगेन्द मण्डलले
शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन र सामाजिक न्यायजस्ता आम नागरिकसँग प्रत्यक्ष जोडिएका विषयमा कुनै परिवर्तन नगरेकाे भन्दै नयाँ अनुहार, नयाँ जाेश जागर र क्षेत्र नं. ५ लाई परिवर्तनकाे रूपमा अगाडि वढाउने उदेश्यका साथ अगाडि बढेका युवा उम्मेदवार अग्रवालले आमजनताको भरोसा जित्दै गएको स्थानीय युवाहरूको भनाइ छ।
मोरंकाे क्षेत्र नं. ५ मा धनपालथान गाउँपालिका ७ वटै वडा, जहदा गाउँपालिकाकाे ७ वटा वडा, रंगेली नगरपालिकाकाे वडा नं ४,५,६ र ७ र विराटनगर महानगरपालिकाकाे वडा नं. १३,१४,१५,१६,१७ र १८ काे शहर, टाेल, बस्तीहरूका युवाहरूबीच भइरहेको राजनीतिक छलफल, भेटघाट र संवादमा उम्मेदवार अग्रवालकाे बारे सकारात्मक बहस तीव्र बन्दै गएको छ।
“अब भाषण होइन, परिणाम देखिने नेतृत्व चाहिन्छ” भन्ने अग्रवालको स्पसष्ट धारणाले युवामाझ दिनानुदिन बलियो हुँदै गएको देखिन्छ।
राजनीतिक विश्लेषकहरूका अनुसार माेरंग क्षेत्र नं. ५ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शिव कुमार मण्डल २ पटक जितेर खासै परिवर्तन गर्न नसकेको र स्वतन्त्रबाट १ पटक जितेका हाल राष्ट्रिय उर्जाशील पार्टीका अध्यक्ष एवम् उम्मेदवार तीनवटा क्षेत्रमा खुम्चिएका याेगेन्द मण्डल झनै केही गर्न नसकाे देखेर आमजनता नयाँ अनुहारकाे खाेजीमा भएकाेले नयाँ अनुहारका अग्रवाल प्रति समर्थन बढ्दै गएकाे विश्लेषण छ।
युवाको निरन्तर समर्थन, बढ्दो जनचासो र स्थानीय तहसम्म फैलिँदै गएको अभियानसँगै माेरंग क्षेत्र नं. ५ मा दिनप्रतिदिन अग्रवालप्रति आकर्षण बन्दै गई रहेकाेछ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]