
विराटनगर, माघ २१ गते । पाठेघरको र मुखको क्यान्सरबाट बच्नको लागि देश व्यापी रुपमा सामुदायिक, निजी र मदर्सामा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरुलाई एच.पी.भी खोप लगाउने भएको छ ।
कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय मोरंगले आयोजना गरेका राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत नियमित खोपमा विद्यालय केन्द्रित एच.पि.भि खोप संचालन सम्वन्धी जिल्ला खोप समन्वय समितिका पदाधिकारी सहित संचारकर्मीहरुको अभिमुखी कार्यक्रममा स्वास्थ्य कार्यालय मोरंका प्रमुख योगराज घिमिरेले सो कुरा जानकारी गराए ।
मोरंग जिल्ला भरीका १२ हजार ७ सय ४४ जनालाई एच.पी.भी. खोप माघ २५ गते देखि लगाउने तयारी गरेको भन्दै सो खोप ८ सय २७ खोप केन्द्र मार्फत लगाउने प्रमुख सापकोटाले वताए । एच.पी.भी. खोप एक पटक लगाएमा पुनः लगाउनु नपर्ने वहाँको भनाई थियो । नेपालमा प्रत्येक वर्ष १२ देखि १३ हजार महिलाको पाठेघर क्यान्सरको रोगबाट मृत्यु हुने गरेको छ ।
उक्त कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई, उपप्रमुख उषा झा, स्वास्थ्य कार्यालय मोरङका जनस्वास्थ्य अधिकृत उत्सव पोखरेलको सहभागीता रहेको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]