
विराटनगर, माघ २७ गते । नेपालमा रानातन्त्र, प्रजातन्त्र, लाेकतन्त्र र गणतन्त्र असफल भई सकेकाेले मैले आफ्नो उम्मेद्बारी नागरिकतन्त्र स्थापनाकाे लागि उम्मेदवारी दर्ता गरेको माेरंग क्षेत्र नं. ६ का युवा उम्मेदवार प्रिती झाले वताएकी छिन् ।
झाले सार्भाैम नागरिक पार्टीबाट उम्मेदवारी दर्ता गराएकी हुन् । नागरितन्त्र स्थापनाकाे लागि आफ्नो अमुल्य मत दिई विजय गराउन आग्रह गरेकी छिन् ।
झाकाे उम्मेदवारी किन ?
१. पश्चिमा दर्शन बहुमतीय प्रणाली हो भने पुर्वीय दर्शन सहमतीय प्रणाली हो त्यसैले हामी भन्छौ सबका साथ सबका बिकास ।
२. पश्चिमा दर्शन डिभाइड एण्ड रूलकाे नीतङहाे भने पुर्वीय दर्शनमा यूनिट एण्ड रूल हुन्छ ।
३. पश्चिमा दर्शन पितृ सतात्मक पद्धति हो भने पुर्वीय दर्शन मातृ सतात्मक पद्धति हो त्यसैले कुन्ती पुत्र, यसोद्धा नन्दन, देवकी नन्दन, सिया राम , राधा कृष्ण , गौरी शंकर , नेपाल आमा , भारत माता हामी भन्छौ तर उता अमेरिका माता फ्रान्स माता भनिदैन फादर भनिन्छ ।
४. पश्चिमा दर्शनमा वर्ग बिभाजन हुन्छ । धनी वर्ग र गरिब वर्ग तर हाम्रो पुर्वीय दर्शनमा त्यस्तै हुदैन पेसागत बिभाजन हुन्छ हरेक जातजाति को आफनै मौलिक पैसा र ब्यबसाय काम हुन्छ त्यस अधार वर्गीकरण गरेको हुन्छ। हाम्रो मा एउटै घर हुन्छ जसलाई कमन हाउस भनिन्छ । सबै जना एउटै ठाउँमा बसेर गर्ने निर्णय प्रक्रिया लाई कमन हाउस भनेको हो यसलाई पंचायात पनि भनिन्छ पंचायात भनेको ब्राह्मण , क्षेत्री , वैश्य , सुद्र बाहेक पनि अरु कोइ समाजमा छन् भने त्यसलाई पनि गर्ने निर्णय प्रक्रिया लाई पंचायात भनेको हो जुन अहिले भारत र चीनमा पनि छ ।
५. पश्चिमा दर्शनमा न्याय प्रणाली तर्क को अधारमा चल्छ भने पुर्वीय दर्शनको न्याय प्रणाली सत्य र तथ्यको अधारमा चल्छ त्यसैले हामी भन्छौ दुध को दुध र पानीको पानी हुन्छ ।
६. पश्चिमा दर्शनको सुरक्षा निति आक्रामक हुन्छ भने हाम्रो पुर्वीय दर्शनको सुरक्षा निति रक्षात्मक हुन्छ । उनीहरू पहिला आक्रमण गर्छ त्यसपछि बार्ता र संवादमा उत्रीन्छ तर हाम्रो मा पहिला अनेक चरणमा बार्ता र संवाद हुन्छ अन्तिम विकल्प युद्ध हुन्छ।
७. पश्चिमा दर्शन मा बिरामी डाक्टर को मा जान्छ भने हाम्रो पुर्वीय दर्शनमा डाक्टर बिरामीकोमा जाने परम्परा हो ।
८. पश्चिमा दर्शनमा क्लास एजुकेसन सिस्टम हुन्छ जस्तै १,२,३ हुन्छ भने हाम्रो पुर्वीय दर्शनमा गुरुकुल शिक्षा पद्धति हुन्छ यहाँ आफ्नो शिश्य लाई पुर्ण शिक्षा दिइन्छ।
नागरिकतन्त्र
संसारमा करिब २०० बर्ष देखि कि दाहिने तन्त्र कि बायाँ तन्त्रबाट चलिरहेको छ जसको कारण संसार भरी जताततै युद्ध अशान्ति झै झगडा, गरिबी, बेरोजगारी मात्र बढीरहेको छ संसार भरीका मानिस अक्रान्त भैसकेको छ । अहिले संसारमा सबले अमन चैयनले बाचन खोजिरहेका छन यस्तो बेलामा हामीले आफै प्रतिपादन गरेको मानवतावादी बिचारधारा हो नागरिक तन्त्र जहाँ कुनै किसिमको अतिवाद को ठाउँ हुदैन नाे राईट, नाे लेफ्ट वनली सेन्ट्रीस्ट “अतिवाद होईन मध्यम मार्ग “यो मार्ग पुर्वीय दर्शनमा अधारित मार्ग हो यहाँ तेरो मेरो होईन हाम्रो भन्ने भावना हुन्छ यहाँ सबका साथ सबका बिकास को कुरा हुन्छ र संसारमा अमन चयैन र शान्ति स्थापना हुनेछ । पश्चिमा दर्शनको लेफ्ट आइडाेलाेजी र राइट आइडाेलाेजी हो भने हाम्रो पुर्वीय दर्शनको राजनीतिक बिचारधारा सेन्ट्रस्ट आइडाेलाेजीष्ट हाे जुन मानवता मैत्री रहेको छ। यहि सेन्ट्रस्ट आइडाेलाेजीष्ट लाई संसार भर फैलाउने उदेश्य मेरो रहेको छ जसको शुरूवात म चाहन्छु तपाईं हाम्रो आफ्नै यहि मातृभुमि बाट होस् ।
अहिले लोकतन्त्रको नाममा दलतन्त्र चलिरहेको छ । वाइ द पिपुल्सकाे सट्टा, वाइ द पार्टी चलिरहेको छ ।
फर द पिपलको सट्टा फर द पार्टी भएको छ । टु द पिपलकाे सट्टा टु द पार्टी चलिरहेको छ त्यसैले म दलतन्त्रको सट्टा “नागरिकतन्त्र ” स्थापना का लागि आफ्नाे उम्मेद्बारी दिएको झाले वताईन ।
दलतन्त्रमा सांसद माथि दलको ह्वीप लाग्छ नेताको दास भएर सांसद हरु बसेको हुन्छ जुन देशको सांसद नै स्वतन्त्र हुदैन त्यो देशको आम नागरिक कसरी स्वतन्त्र हुन सक्छ ? यहि प्रश्न को सहि जवाफका लागि उम्मेद्बारी दिएको हु र म आफ्नो व्यबहारले देखाउने छु सांसद कति स्वतन्त्र हुनुपर्छ ।
अर्को कुरा हामी रैतीबाट प्रजा, प्रजाबाट जनता अब जनता बाट नागरिक बनाउने अठोट का साथ म आफ्नो उम्मेद्बारी दर्ता गराएका छाै झाले वताउदै सेवागर्ने मोका दिनकाे लागि अमुल्य मत दिई जिताउन आग्रह गरेकी छिन ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]