विराटनगर, फागुन २ गते । सशस्त्र प्रहरी वल,नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर रानी, बार्डर आउट पाेष्ट (बि.ओ.पि.) दरैया र विओपि. मधुमल्लको संयुक्त टोली आज बिहान ५ बजे २७५.८ किलो ग्राम गाजा बरामद गरेकाे छ ।
जिल्ला मोरङ जहदा भुटाहा १ नया टोल वाट परालको टौवा मुनी खाल्डो मुनी गाँजा लुकाएर राखेको अवस्थामा गुल्म रानीका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक तिलक खडकाको कमाण्डमा खटियको सुरक्षा फौज द्वारा वरामद गरीएकाे थियाे । साथै उक्त कार्यमा संलग्न व्यक्ति जहदा-१ भुटाहा नया टोल वस्ने वर्ष 28 को चन्दन कुमार शाह लाइ नियन्त्रणमा लिइ आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएकाे र अन्य संलग्न व्यक्तिहरूकाे खाेजी भईरहेकाे बार्डर आउट पाेष्ट (बि.ओ.पि.) दरैयाका ईन्सपेक्टर शंकर काेईरालाले जानकारी दिए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]