विराटनगरकाे फागुन २ गते । माेरंग क्षेत्र नं. ५ प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाल कम्युनिस्ट पार्टी (एमाले) का मनाेज कुमार अग्रवालले विराटनगर महानगरपालिकाकाे ६ वटा वडामा एकै दिन सम्पर्क कार्यालयकाे समुद्घाटन गरेका छन् ।
माेरंग क्षेत्र नं. ५ मा पर्ने विराटनगर महानगरपालिका वडा नं. १३,१४,१५,१६,१७, १८ गरी ६ ठाउँमा नेकपा एमालेको सम्पर्क कार्यालय उद्घाटन समारोहका प्रमुख अतिथि एवम् उम्मेदवार अग्रवालले समुद्घाटन गरेकाे हाे ।
कार्यलय समुद्घाटन गर्दै उम्मेदवार अग्रवालले भने मतदातासंग प्रत्यक्ष भेटघाट, मतदातासँग भाेट माग्नेका, मतदाताकाे गुनासो सुन्ने काम यहीवाट हुन्छ । माेरंगकाे ६ वटा क्षेत्रमा हरेक हिसाबले कमजाेर क्षेत्रबाट धेरैले जितेर गए तर कसैले पनि विकास नगरेकाे गुनासाे आममत दाताको छ । आफु जितेर गए माेरंग-५ मा स्वास्थ, शिक्षा, कृषि, धार्मिक धराेहर ग्रामथान,मठ,मन्दिर, मस्जिद लागायत धार्मिक स्थलहरूकाे कयापलट हुने गरी संरक्षण र सम्बर्द्धन गर्ने प्रतिवद्वता जनाए ।

विराटनगर महानगरपालिका वडा नं. १३ सैनिक टाेल, वडा नं. १४ भागवती टाेल, वडा नं. १५ हडतालिहाट, वडा नं. १६ रानी युवा क्लव अगाडि, वडा नं. १७ रानी चाैक दिलसाज आलमकाे घर र वडा नं. १८ आइपिसी चाैकमा सम्पर्क कार्यालय समुद्घाटन गरेका छन् ।
समुद्घटन कार्यक्रम मै दर्जनाै यूवाहरू पार्टी प्रवेश गरेकाले उनीहरूलाई खादा र अवीर लगाएर उम्मेदवार अग्रवालले सम्मान गरेका थिए ।
सम्पर्क कार्यालय समुद्घाटन कार्यक्रममा नेकपा एमालेका नेताहरू भुराज राई, रामलाल साह, डा. उद्वव पाेखरेल, माननीय गितारानी महताे, जय प्रकाश महताे लगायत नेतागण र मतदाताहरूकाे उल्लेख्य उपस्थिति रहेकाे थियोे ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]