
विराटनगर, फागुन ६ गते । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले फागुन २१ गते हुने प्रतिनिधिसभाकाे निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्ने सबैकाे सहयाेग आवश्यक रहेकाे वताएका छन् ।
राष्ट्रिय समाचार समिति कोशी प्रदेश कार्यालय विराटनगरद्वारा राससको ६५ औँ वार्षिकोत्सव एवं पुरस्कार समर्पण समारोहका प्रमुख अतिथि पराजुलीले साे कुरा वताएका हुन् । निर्वाचनकाे विरूद्वमा गर्ने गतिविधि र आचारसंहिता उलघन गर्नेलाइ कार्वाहीकाे दायरा ल्याई निष्पक्ष निर्वाचन गराउन संचारकर्मीहरूकाे उल्लेख्य रहेकाे वताउँदै राससले परम्परागत भन्दा अलग्ग , सुदृढ एवं प्रविधि मैत्री समाचार उत्पादन गर्नुपर्नेमा जाेड दिएका थिए ।
साृही अवसरमा ‘बासु रिमाल यात्री ’स्मृति पुरस्कारबाट रासस विराटनगरकी कार्यालय सहयोगी गौरी कारञ्जीतलाई नगद ७ हजार ७ सय ७५ एवं प्रमाणपत्रबाट सम्मानित गरेका थिए ।
मन्त्री पराजुलीले भने नेपालीको सबभन्दा ठूलाे समाचार उत्पादन गर्ने संस्था राससले डिजिटलमा प्रवेश गरी विश्वस्नीय समाचार संस्थाकाे रूपमा विकास गर्नुपर्नेमा जाे दिएका थिए ।
साेही अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमालले विगतको भन्दा राससले अहिले आफ्ना समाचारमा सुधार गरेको धारणा राख्दै नीजि क्षेत्रका समाचार संस्थाको माग अनुसार समाचार उत्पादन गर्न आग्रह गरेका थिए ।
नेपाल पत्रकार महासंघ कोशीका अध्यक्ष भरत खडकाले राससले आफ्नो वार्षिकोत्सवमा सबै प्रदेशका एक-एक जना समाचारदातालाई पुरस्कृत गर्नुपर्नेमा जोड दिदै जिल्ला समाचारदाताको पारिश्रमिक वृद्धि गर्र्नुपर्ने सुझाव सुझाव दिएका थिए ।
नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशिला पाठकले राससले आफ्नो सेवालाई २४ घण्टा सञ्चालन गर्नुका साथै विभिन्न राष्ट्र भाषामा समाचार, अडियो, भिडियो सेवा एवं परीक्षणको रुपमा पोडकाष्ट गरेकाेमा धन्यवाद दिएका थिए ।
समारोहमा पत्रकारहरुको विभिन्न संघसंस्थाका प्रतिनिधि एवं विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । साे कार्यक्रम रासस प्रदेश कार्यालय विराटनगरका प्रमुख मोहम्मद सदरुलकाे अध्यक्षतामा सम्पन्न भएकाे थियोे ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]