
विराटनगर, फागुन ७ गते । मोरंग जिल्ला निर्वाचन क्षेत्र नं. ५ मा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार मनोज कुमार अग्रवालले आफ्नो चुनावी घरदैलो अभियानलाई तीव्र बनाएका छन् ।
निर्वाचन नजिकिँदै जाँदा अग्रवाल यतिबेला बिहानदेखि साँझसम्म क्षेत्रका विभिन्न बस्ती, टोल तथा वडाहरूमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट, संवाद र अन्तरक्रियामा सक्रिय देखिएका छन् ।
अग्रवालले घरदैलो अभियान अन्तर्गत नगर, गाउँका मुख्य बस्तीहरू सहित मतदात रहेको खेत खलियानमा पुगेर स्थानीय जनतासँग हातेमालो गर्दै भोट मागिरहेका छन् । अभियानका क्रममा उनले मतदाताका समस्या, आवश्यकता र सुझावलाई ध्यानपूर्वक सुन्दै त्यसलाई आगामी कार्ययोजनामा समेट्ने प्रतिबद्धता जनाएका छन् ।

घरदैलो अभियानको क्रममा विराटनगर महानगरपालिका वडा नं. १३ र १७ का स्थानीयले विशेषगरी सडक स्तरोन्नति, खानेपानीको व्यवस्था, स्वास्थ्य सेवा विस्तार, गुणस्तरीय शिक्षा, युवाका लागि रोजगारीका अवसर सिर्जना गर्नुपर्ने माग राख्दै भने अहिले सम्म जितेर गएका नेताहरु मुख देखाउन आउनन तपाई पनि त्यस्तै गुर्न हुन्छ कि प्रश्न समेत गरेका थिए । प्रश्नको उत्तर दिदै अग्रवाले भने तपाईहरुको समस्यालाई प्राथमिकतामा राखेर मोरंगको क्षेत्रहरु मध्ये सबभन्दा पछि परिएको क्षेत्रलाई कयापलट हुने गरी विकास गर्ने प्रतिवद्धता जनाएका छन् ।
मोरंग–५ लाई पूर्वाधार, कृषि, उद्योग र रोजगारीको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य सहितको प्रतिवद्धता पत्र दिदै भने स्थानीय स्रोत–साधनको सदुपयोग, साना तथा मझौला उद्योग प्रवद्र्धन, आधुनिक कृषि प्रणाली विस्तार तथा उद्यमशीलता विकासमा विशेष ध्यान दिने बताएका छन् । साथै, सामाजिक सुरक्षा, महिला सशक्तीकरण, युवाको सीप विकास तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा विस्तारलाई पनि आफ्नो प्रतिवद्धता पत्रमा राखेको उनले बताए ।

अभियानमा पार्टीका केन्द्रीय नेता रामलाल साह, पर्शुराम बस्नेत लगायत प्रदेश तथा जिल्ला स्तरीय नेता, जनप्रतिनिधि, युवा, महिला र स्थानीय कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो । घरदैलोका क्रममा विभिन्न स्थानमा छोटा अन्तरक्रिया कार्यक्रम समेत सञ्चालन गरिएको छ, जसले चुनावी माहोल थप सक्रिय बनेको छ ।
स्थानीय बासिन्दाले पनि तपाइ्र्र पहिलो पटक उम्मेदवारको रुपमा आएकोले अग्रवाललाई स्वागत गर्दै विकास, पारदर्शिता र प्रभावकारी जनप्रतिनिधित्वको अपेक्षा व्यक्त गरेका छन् । मतदातासँगको प्रत्यक्ष सम्पर्कले आफूलाई जनताको भावना बुझ्न सहज भएको र जनतासँगको विश्वासको सम्बन्ध अझ मजबुत बन्दै गएको अग्रवालले प्रतिक्रिया दिएका छन् ।

निर्वाचन नजिकिँदै जाँदा मोरङ–५ मा नेपाली कांग्रेस, नेपाली कम्यूनिष्ट पार्टी, राष्ट्रिय उर्जाशीलपार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू बीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । चुनावी प्रचारप्रसार, घरदैलो र जनसम्पर्क कार्यक्रमले क्षेत्रको चुनावी माहोल थप तातिएको छ । एमालेले भने जनताको विश्वास, पार्टीको संगठनात्मक शक्ति र विकासमुखी एजेण्डाका आधारमा आफूहरूको जित सुनिश्चित हुने दाबी गरेको छ ।

क्षेत्र नं. ५ बाट २२ जनाले उम्मेदवारी दर्ता गराएका मध्ये ७ स्वतन्त्र सहित नेपाली कांग्रेसका फूलकुमार लालवानी, नेकपाका शिवकुमार मण्डल, राष्ट्रिय उर्जाशिल पार्टीका योगेन्द्र मण्डल, जसपा नेपालका राजकुमार यादव, रास्वपाका आशा झा, नेपाल मजदुर किसान पार्टीबाट गंगाकुमारी राजवंशी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मंगल ऋषिदेव, राष्ट्रिय प्रजातन्त्र पार्टी कुमोद राय, प्रगतिशील लोकतान्त्रिक पार्टीका राजेन्द्रप्रसाद मण्डल केवट, स्वतन्त्र सूर्य नारायण ठाकुर, जनमत पार्टी परमेश्वर मुर्मु, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) गंगाप्रसाद गिरी, राष्ट्रिय मुक्ति पार्टी नेपालका नरेशकुमार लाभ, मंगोल नेशनल अर्गनाइजेसनका सकुन्तला श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्रबाट सुजितकुमार साह, जयनारायण शर्मा, ममता यादव, मोहमद रेजा हुसैन, राजकुमार राजवंशी, अमरकुमार यादव र विकाश श्रेष्ठ चुनावी मैदानमा रहेका छन् ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]