चन्दन रौनियार
सुनसरी, फागुन ११ गते । निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न चौथो प्याब्सन प्लस टु फुटबल प्रतियोगिता-२०८२ को उपाधि मुन बिम एकेडेमीले हात पारेकाेछ ।
कालाबन्जारस्थित ज. डे. ज. माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न फाइनल खेलमा महेन्द्र मेमोरियल इङ्लिस स्कुल, दुहबीलाई २-० गोलले पराजित गर्दै मुन बिम एकेडेमी च्याम्पियन बनेको हो।
मुन बिमका जर्सी नम्बर ९ का जेम्स राईले खेलको २९औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ८औँ मिनेटमा जर्सी नम्बर १३ का टोसल केसीले अर्को गोल थप्दै टोलीको जित सुनिश्चित गरेका थिए। महेन्द्र मेमोरियलका खेलाडीहरूले केही राम्रो अवसर सिर्जना गरे पनि गोल फर्काउन नसक्दा पराजित हुनुपरेको थियो।
खेलको ‘म्यान अफ द म्याच’ मुन बिम एकेडेमीका जर्सी नम्बर १० का सरुन चौधरी घोषित भए। उनले नगद रु १ हजार सहित मेडल प्राप्त गरेका थिए ।
व्यक्तिगत पुरस्कारतर्फ बेस्ट गोलकिपर मुन बिमका जर्सी नम्बर ३२ का सन्देश चौधरी, बेस्ट डिफेन्डर जर्सी नम्बर २ का दिपेन कार्की, बेस्ट मिडफिल्डर महेन्द्र मेमोरियलका जर्सी नम्बर ८ का प्रशान्त मण्डल तथा सर्वोत्कृष्ट खेलाडी मुन बिमका निगम थापा घोषित भए।
उनीहरूले क्रमशः नगद २ हजार १ सय तथा सर्वोत्कृष्ट खेलाडीले नगद ३ हजार १ सय नगद पुरस्कार प्राप्त गरेका थिए ।
प्रतियोगिताको विजेता मुन बिम एकेडेमीले ट्रफी, मेडल तथा नगद २५ हजार प्राप्त गर्‍यो भने उपविजेता महेन्द्र मेमोरियल इङ्लिस स्कुलले ट्रफी, मेडलसहित नगद १५ हजार प्राप्त गरेको थियो ।
कोशी प्याब्सन अध्यक्ष सुमि थापाको प्रमुख आतिथ्य तथा सुनसरी जिल्ला प्याब्सन अध्यक्ष थानेश्वर ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्याब्सनका बरिस्ठ उपाध्यक्ष रमेश कार्की ,उपाध्यक्ष गणेश भण्डारी ,लगायत
विभिन्न तहका पदाधिकारी, शिक्षक तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।
फागुन ३ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा सुनसरी जिल्लाका १४ वटा विद्यालयको सहभागिता रहेको आयोजक प्याब्सन सुनसरीको अध्यक्ष थानेश्वर ढकालले जनाएको छ

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]