विराटनगर, फागुन २० गते । निर्वाचन बहिष्कार गर्ने नेपाल कम्युनिष्ट पार्टी बहुमतको मोरङ जिल्ला इन्चार्ज र सचिवलाई प्रहरीले पक्राउ गरेकाेछ ।
पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं. १० बस्ने बर्ष ५६ को कृष्ण प्रसाद चम्लागाई, मोरङ जिल्ला ईन्चार्ज र झापा जिल्ला दमक नगरपालिका-५ बस्ने बर्ष ३७ को सुमन पौडेल, मोरङ जिल्ला सचिव पक्राउ परेका छन् ।
उनीहरूसँग को ६ प ५११६ नं.को मोटरसाईकल थान १, बिभिन्न कम्पनिको मोबाईल थान ५, पार्टीको झण्डा थान १,
पर्चा, पम्प्लेट थान १०७ बरामद भएकाेछ
बिषेश सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खट्टिएको प्रहरि टोलिले निर्वाचन बिरोधी गतिबिधिमा संलग्न रहेकाे आराेपमा दुबैलाई पक्राउ गरेकाे हाे ।
उनीहरू सुन्दरहरैंचा नगरपालिका-१० पूर्व पश्चिम राजमार्ग स्थित सडकको उत्तर साईडमा फेला परेको हाेएक्स बम संग सम्बन्धित घट्नामा संलग्नता हुन सक्ने सम्बन्धमा समेत थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएकाेछ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]