विराटनगर, चैत ३ गते । भन्सार छलीका ७ लाखकाे अवैध लत्ता कपाडाहरु पेहरीले वरामद गरेका छन् ।
जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.६ सरोचिया स्थित मुरी मण्डलको घरको आगनमा भन्सार छली पैठारी गरि ल्याईएका सामानहरु लुकाई छिपाई राखिएको अवस्थामा बरामद गरेकाे हाे ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, मोरङबाट प्रहरी टोली खटिई गई चेकजाँच गर्दा जम्मा अन्दाजी मूल्य लाख ३० हजार ५० बराबरको लत्ताकपडाहरु फेलापारी रीतपूर्वक बरामद गरेका छन् ।
उक्त लत्ता कपडाका सामानहरु आवश्यक कारवाहीको लागी भन्सार कार्यालय रानी, विराटनगरमा बुझाएकाे छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]