विराटनगर, चैत ११ गते । दिगो पर्यटनको मूल आधार नै आन्तरिक पर्यटक भन्ने मान्यता अनुरुप २५ वर्ष अघि सुरु भएकाे अभियान यश वर्ष पूर्वी नेपालबाट सुरू गरेकाे होटल संघ पोखरा नेपालकाे अध्यक्ष लक्ष्मण सुवेदी वताउनु भयाे ।
हाेटल संघ पाेखरा नेपालीको आयाेजना तथा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश पोखराको प्रवर्द्धन तथा सह-आयोजनामा गरिएकाे “जाउँ है पोखरा” आन्तरिक पर्यटन प्रवर्द्धन अभियान, छलफल तथा अन्तरक्रिया कार्यक्रम साे कुरा अध्यक्ष सुवेदीले वताउनु भएकाे हाे ।
आन्तरिक पर्यटन प्रबर्द्धनको मुख्य उद्धेश्य लिएर चैत ९ देखि १३ गते सम्म संचालन हुने अभियान अन्तर्गत वीरगंज, विराटनगर, इलाम र हेटौडालाई समेटिएको छ।
अहिले पश्चिम एसियामा उत्पन्न तनावका कारण बाह्य पर्यटकको आगमन दर न्युन हुँदै गएको छ । विप्रेषण आप्रवाह प्रभावित हुने जोखिम बढेको र विश्वव्यापी मन्दि सिर्जना हुने आशंका पैदा भएको अवस्थामा हामीले आन्तरिक पर्यटनमा नै जोड दिनुपर्ने अवस्था रहेको अध्यक्ष सुवेदीको भनाइ छ ।

हवाई र स्थल कनेक्टिभिटिको विस्तार गर्दै पूर्वी नेपाल र पोखरा विच पर्यटक तथा व्यवसायको आदानप्रदान गर्ने महत्वपूर्ण उद्धेश्यका साथ विगतमा पोखरावाट भद्रपुर र विराटनगर जस्ता शहरसम्म संचालित सिधा हवाई सेवालाई पुनः नियमितता प्रदान गर्नेमा वहाँले जाेड दिए ।
तीन वर्ष अघि पोखरामा उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थका कारण वार्षिक १० लाख पर्यटकले विमानस्थलकाे सेवा सुविधा लिदै आएको छ ।
सुविधा सम्पन्न विमानस्थलबाट भुटान र चीनसम्म अन्तर्राष्ट्रिय उडान भइरहेको र आगामी दिनमा छिमेकी भारत लगायत अन्य देशमा समेत नियमित उडान संचालन हुनेमा विश्वस्त रहेकाे वहाँकाे भनाइ छ।
आन्तरिक पर्यटन प्रवर्द्धनकै लागि संघले फेवा नव वर्ष महोत्सव, भाइटिका महोत्सव, खाना महोत्सव जस्ता कार्यक्रमहरु समेत संचालन गर्दै आएको छ ।
पर्यटनको राजधानी पोखराको होटल क्षेत्रमा मात्र पाँच खर्ब रुपैयाँ भन्दा बढीको लगानी रहेको छ । साे क्षेत्रमा १ हजार २ सय होटलमा करिव ४० हजार वेड रहेको र १५ हजार भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको छ ।
पोखरामा वञ्जी जम्पिङ, जीप लाइनिङ, विभिन्न मठमन्दिरहरुमा सन्ध्याकालिन आरती, केबलकार, प्याराग्लाइडिङ, अल्ट्रालाइट, क्यानोनिङ, लगायत दर्जनौं पर्यटकीय सेवा उपलब्ध रहेको अवगत गराउँदै पोखरा नेचर, कल्चर र एड्भेञ्चर सबै हिसावले उपयुक्त पर्यटकीय गन्तव्य रहेकाे हाेटल व्यवसायीहरूकाे भनाइ छ ।
आगामी चैत २९ देखि वैशाख १ गते सम्म फेवा तालको किनार लेकसाइडमा २१ औं फेवा नव वर्ष महोत्सव आयोजनाकाे अबसरमा आगन्तुक पाहुनालाई होटलको प्रकाशित दररेटमा २५ प्रतिशत सम्म छुट दिई सेवा प्रदान गर्ने अध्यक्ष सुवेदीले वताउनु भयाे ।
उक्त कार्यक्रममा हाेटल संघ काेशी प्रदेशका अध्यक्ष राजन श्रेष्ठ, उपाध्यक्ष भविष्य श्रेष्ठ, गण्डकी प्रदेश अध्यक्ष मणीराज लामेछाने लगायत हाेटल व्यवसायीहरूकाे उल्लेख्य उपस्थित रहेकाे थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]